साठी दशककी पप गायनकी स्टार मानिने डी ना आफ्नो करियरको उच्च बिन्दुमा रहिन् उनका गीत सधैँ हिटलिष्टमा परे ।
न्यूजीलयाण्डमा जन्मिएकी गायिका ७० वर्षको उमेरमा पनि साङ्गीतिक कर्ममा उत्तिकै सक्रिय देखिन्छिन् ।
तर केही समय अघि उनको ढाडको हड्डी भाँचिए पछि भने निकै बितेका केही वर्ष निकै पिडामा बाच्नु परेको बताउँछिन् ।
गायिका लि अस्ट्रेलियामा बढ्दो रूपमा देखिएको हड्डी कमजोर हुने अस्थीरोगका बिरामीहरूको प्रतिनिधि पात्र मात्र हुन् ।यो रोगका कारण हड्डी कमजोर हुने, पातलिँदै जाने र नाजुक हुने अवस्थामा पुग्छ । जसका कारण सामान्य दुर्घटनाहरूमा पनि भाचीन सक्दछ ।
New Zealand-born singer Dinah Lee in 1965 Source: Getty Images
स्वास्थ्य सम्बन्धी यो अवस्थाका कारण गत वर्ष १ लाख ७३ हजार मानिसहरूमा हड्डी भाचीने रोग देखा पर्यो ।
आउँदो वर्ष ६० लाख भन्दा बढी मानिसहरूमा हड्डी सम्बन्धी रोग देखा पर्ने अनुमान गरिएको छ ।
यो गएको दशकमा भन्दा करिब ३० प्रतिशतको वृद्धि हो ।
डाक्टर वेवेन चेन हेल्दी बोन अस्ट्रेलियाकी अस्थीरोग विशेषज्ञ हुन् ।
उनी अस्थि रोगका कारण दैनिक जीवनमा ठुलो असर पर्ने बताउँछिन् ।
सन् २०२१/२२ मा एज्ड केयर,पुनर्वास व्यवस्था र फराकिलो स्वास्थ्य व्यवस्थाका निर्माणका लागि करिब ३३ अर्ब अस्ट्रेलियन डलर भन्दा बढी खर्च हुने अपेक्षा गरिएको छ ।हड्डी सम्बन्धी समस्या बृद्धबृद्धामा मात्र देखिने भ्रम रहेको भएता पनि ५० वर्ष या यो भन्दा कम उमेर समूहका मानिसमा पनि देखिने गरेको चिकित्सकहरू बताउँछन् ।
1.2 million Australians are estimated to have osteoporosis Source: SBS
डाक्टर चेन अस्थि रोग विभिन्न कारणले देखिने बताउँछिन् ।
“विशेष गरी पारीवारका सदस्यहरूमा पहिले देखि नै देखिने , अन्य कुनै रोगका कारण वा त्यस संग सम्बन्धित उपचारका कारण पनि यो रोगको विकास हुन सक्दछ । ”
डाक्टर चेन रोगले ठुलो रूप देखाउनु अघि नै यसको उपचारमा लाग्न मानिसहरूलाई सुझाव दिन्छिन् ।
यो पनि पढ्नुहोस
के सोसियल मिडियाको अत्यधिक प्रयोग "लतमा" परिवर्तन हुन सक्छ?
उनी भन्छिन् औषधिको प्रयोगले हड्डी भाँचिने समस्यालाई ३० देखि ५० प्रतिशत सम्म कम गर्न सक्छ ।
डीना लि भन्छिन् बलैमा उपचार भएका कारण साङीत कर्म प्रतिको उनको लगाव कम हुन पाएको छैन ।