इन्टरनेट, मोबाइल फोन र कम्प्युटर हाम्रो दिनचर्याको अभिन्न अङ्ग बन्न पुगेका छन्। बिहान उठ्ने समयको अलार्म देखि, राति सुत्नु अघि केही बेर फेसबुक चलाउने सम्म - कदम कदम हामी मोबाइल फोन र इन्टरनेटको प्रयोग गरिरहेका हुन्छौँ।
पछिल्लो समयमा कोरोना भाइरस प्रतिबन्धहरूका कारण मानिसहरू घरै बस्नु पर्दा फेसबुक, टिकटक र इन्स्टाग्राम जस्ता माध्यम प्रयोग गर्नेहरूको सङ्ख्या ह्वातै बढेको तथ्याङ्कले देखाउँछ।
A user shows off various social media app on a smartphone Source: Photothek
प्रश्न के उठ्छ भने - के सोसियल मिडियाको अत्यधिक प्रयोग लतमा परिवर्तित हुन सक्छ?
संसारभर दुई अरब मानिसहरूले स्मार्टफोनको प्रयोग गर्छन् र औसतमा एक जना प्रयोगकर्ताले गरी एक दिनमा ८५ पटक आफ्नो मोबाइल फोन हेर्दछ।
गत वर्ष २०२० सालमा एक जना व्यक्तिले प्रति दिन औसतमा ६ घण्टा ४३ मिनेट इन्टरनेट प्रयोगमा बिताएको अनुसन्धानबाट थाहा भएको छ।
यसको मतलब एक जना प्रयोगकर्ताले एक वर्षको अवधिमा १०० दिन इन्टरनेट चलाएरै बिताउँछन्। यस हिसाबमा, एक दिनमा लगभग आठ घण्टा सुत्ने व्यक्तिको नसुतेको समयमा आफ्नो ४० प्रतिशत जिन्दगी इन्टरनेट चलाएरै बित्छ।
यो पनि पढ्नुहोस्:
भिसा सब्क्लास ४०८ हुनेहरूले महामारीका बेला पाएको सहुलियत
सामाजिक सञ्जालको अत्यधिक प्रयोग कति बेला लतमा परिवर्तन हुन्छ भनी जाँड-रक्सी अथवा लागु पदार्थको दुर्व्यसन जस्तो ठ्याक्क भन्न अलि गाह्रो रहेको डाक्टर अनुपम पोखरेल बताउँछन्।
'जब कुनै पनि व्यक्तिले आफ्नो दैनिक दिनचर्यामा नै असर पर्ने गरी लगातार सोसियल मिडिया प्रयोग गरी रहन्छ, त्यो प्रयोग नगर्दा खेरी उसलाई छटपटी जस्तो हुन्छ, र घन्टौँ त्यसमै बिताउने मनोवैज्ञानिक बाध्यता महसुस गर्छ, त्यति बेला यसलाई लत भन्न सकिन्छ।', मेलबर्नमा मनोवैज्ञानिक चिकित्सकका रूपमा कार्यरत पोखरेलले एसबीएस नेपालीसँगको कुराकानीमा भने।
कुनै वस्तु या बानीप्रति शारीरिक र व्यवहारिक रूपमा निर्भर भएमा त्यसलाई "addiction" अर्थात् "लत" मानिने, ले बताउँछ।
मदिरा, सुर्ती र लागु पदार्थको लत हुँदा मानिस शारीरिक र व्यवहारिक दुवै किसिमबाट त्यसमाथि निर्भर हुन्छ। त्यस्तै, जुवा तास खेल्ने जस्ता क्रियाकलाप गर्दा भने मानव मस्तिष्क व्यवहारिक रूपमा त्यसमाथि निर्भर हुन्छ। त्यसमा पैसा नाश भए पनि, जीतको लोभले मानिसलाई आकर्षित गर्छ।
त्यस्तै, फेसबुक, युट्युब, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरू चलाउँदा हामीलाई केही नयाँ पोस्ट या मेसेज आयो कि भन्ने उत्सुकताले त्यसको प्रयोग गर्न बाध्य बनाउँछ।
डाक्टर पोखरेल भन्छन् - 'मानिस नवीनता खोज्ने प्राणी हो। जसरी हामी पसल गएर केही नयाँ सामान किन्दा निकै उत्सुक हुन्छौँ, त्यस्तै, सोसियल मिडियामा अरूले हाम्रो फोटो, गीत गएको भिडियो, या विचारप्रति प्रतिक्रिया दिँदा, हामी रमाउँछौँ।'
यस किसिमको क्षणिक उत्सुकताले मस्तिष्कमा विभिन्न किसिमका रसायनहरू उत्पन्न गर्छ - जस्तै डोपामिन, अक्सिटोसिन र सेरोटोनिन। हामीलाई खुसी र आनन्द महसुस गर्न र तनावबाट राहत दिन मद्दत गर्ने हुनाले यिनलाई 'happy hormones' पनि भनिन्छ।
फेसबुक, ट्विटर या यस्तै अन्य माध्यमको जति प्रयोग गर्यो, त्यति हाम्रो दिमागले इनाम स्वरूप डोपामिनको माग गर्छ। यसकै कारण, पाँच मिनेटको मोबाइल फोनको भ्रमण, नभन्दै एक घण्टामा परिणत हुन पुग्छ।यति मात्र नभई, सामाजिक सञ्जालले दिने सेवाहरू र तिनका सामग्री पनि हाम्रो ध्यान आकर्षित गर्ने किसिमले बनाइएको हुने, युनिभर्सिटी अफ सिड्नीका वरिष्ठ मनोवैज्ञानिक भन्छन्।
The number of likes, comments and reactions on social media leads to a dopamine surge in our brain, making us happy and relieving stress. Source: Moment RF
त्यस माथि, मानव समुदायको प्राथमिक गुण नै सामाजिकरण हो - र इन्टरनेटको माध्यमबाट कोसौँ टाढाका आफ्ना परिवार, इष्टमित्र या अपरिचित व्यक्तिसँग नै किन नहोस् - घुलमिल हुन पाउँदा रमाउनु नौलो कुरा भएन।
भौतिक समाजमा हाम्रा वरिपरिका मानिसहरूले हामीलाई चिनेका हुन्छन्, तर इन्टरनेटको समाजमा नचिनेका मानिसहरूको अघि आफूलाई इच्छा अनुसार प्रस्तुत गर्न पाउँदा, त्यसले एक किसिमले मानिसलाई मनोवैज्ञानिक सन्तुष्टि र अस्तित्वको मान्यता पनि प्रदान गर्ने हुनाले सामाजिक सञ्जालको प्रयोग यति प्यारो हुने, डाक्टर पोखरेल बताउँछन्।
समाजलाई एउटा सानो गाउँ जस्तो बनाइ दिएको र थुप्रै फाइदाहरू भएका सामाजिक सञ्जालको अत्यधिक प्रयोगलाई आजको मानिसको 'लत' नभई, दैनिकीको अभिन्न अङ्ग र नयाँ बानीको रूपमा विकसित भएको उनले भने।
Kid with a mobile phone/cpmputer Source: Getty Images/Jasmin Merdan
समस्या तब आउँछ, जब वास्तविक जीवनमा भन्दा धेरै समय इन्टरनेटको दुनियाँमा बित्छ।
विशेष गरी बालबच्चा र किशोर किशोरीहरूमा व्यक्तित्व विकासको समयमा धेरै समय मोबाइल फोन, कम्प्युटर आदिमा बित्दा त्यसले नकारात्मक प्रभाव पार्दछ।
'भौतिक अन्तर्क्रियाबाट सामाजिक सीपहरू सिक्ने हो - त्यो भन्दा बढी समय सामाजिक सञ्जालमा बित्यो भने त्यसले विभिन्न प्रकारले व्यक्तित्व विकासमा हानि पुराउन सक्छ। सामाजिक सीपहरू कम हुने, एकलकाँटे हुने र आत्मविश्वास कम हुने जस्ता समस्याहरू आउन सक्छन्।' - डाक्टर पोखरेल।
यति भन्दैमा, सामाजिक सञ्जालको प्रयोगलाई चटक्कै बन्द गर्नु पर्छ भन्ने होइन - मुख्य कुरा सन्तुलन हो।
सामाजिक सञ्जालको प्रयोगलाई सन्तुलित मात्रामा सीमित गर्न निम्न लिखित उपायहरू अपनाउन सकिने प्राध्यापक क्याम्पबेल बताउँछन्।
- आफ्नो मोबाइल फोनबाट आवश्यक बाहेक अन्य एपहरू हटाउन सकिन्छ - फोनको होम स्क्रिनमा जति थोरै एपहरू भए, त्यति राम्रो। समय खेर फाल्ने किसिमका एपहरूलाई हटाउनु फाइदाजनक हुन्छ।
- अत्यावश्यक कुराहरूको लागि मात्र नोटिफिकेसन आउने गरी फोनको सेटिङ्ग्सलाई मिलाउनु होस्। दिनमा धेरै पटक हरेक कुराको नोटिफिकेसन आउँदा यसले ध्यान विचलित गर्नुका साथै, मानसिक रूपमा पनि अनावश्यक तनाव सिर्जना गर्छ।
- राति सुत्ने समयमा मोबाइल फोनलाई सुत्ने ठाउँ भन्दा टाढा नै राख्नु ठिक - नजिकै राखेमा राति फोन चलाउने बानी बस्छ, र बिहान उठ्ने बित्तिकै पनि मेसेज, समाचार आदि हेरिहाल्नु पर्ने बाध्यता महसुस हुन्छ।
- दिनको समयमा केही काम नहुँदा फोन चलाउन मन लागेमा त्यसको साटो अरू केही उत्पादनशील काम गर्नुहोस्, जस्तै, स्वास प्रस्वासको व्यायाम। त्यसको एउटा सजिलो तरिका हेर्न सक्नु हुन्छ।
र अन्त्यमा, यी तरिकाहरू प्रभावकारी नभएमा मनोवैज्ञानिक चिकित्सकको मद्दत लिन उपयुक्त हुने, डाक्टर पोखरेलले बताए।
यदि तपाई कुनै मानसिक स्वास्थ्यको समस्या भोगिरहनु भएको छ भने यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ - Lifeline: 13 11 14, Suicide Call Back Service: 1300 659 467 र ५ वर्ष देखि २५ वर्षका व्यक्तिहरूको लागि Kids Helpline: 1800 55 1800
थप जानकारीका लागि BeyondBlue.org.au तथा lifeline.org.au मा जानुहोस्।
Embrace Multicultural Mental Health नामक सङ्गठनले पनि सांस्कृतिक र भाषिक रूपमा विविध पृष्ठभूमिका मानिसहरूलाई समर्थन प्रदान गर्दछ।
[node_list title="यो पनि पढ्नुहोस्:" uuid="41192b75-b5f5-46e7-adc4-84f4b9185a34"]