भाडा तिर्न समस्या परेका भिसाधारीलाई सहयोग

कोभिड–१९ का कारण बेरोजगार बनेका अन्तर्राष्ट्रिय विद्यार्थी वा अस्थायी भिसाधारीहरू जो सरकारी सहायताको हकदार छैनन्, उनीहरूलाई एक नव गठित युनियनले सहयोग गरेको छ ।

"returning the bond for tenants is not impossible, but the house must be in good condition when vacated"

Source: Wikimedia

 


मुख्य बिषय

  • कोभिड–१९ का कारण घर भाडा तिर्न नसकेकाहरूलाई सहयोग
  • कैयन अस्थायी भिसाधारी सडकमा आउनबाट जोगिए
  • समस्यामा परेको भए सहयोगको अपिल गर्न आग्रह


कोभिड–१९ का कारण काम गुमाएपछि दुई सन्तानकी एक्ली आमा के ली ग्रिसलाई उनको घरबेटीले दुई पटक सम्म घर खालि गराइदिन धम्की दियो ।

उनी भन्छिन् “बिना कुनै आय भाडा र्तिन असम्भव थियो र एकल अभिभावक भएका कारण मेरो मुख्य चिन्ता खाद्यान्नका लागि पर्याप्त रकमको जोहो गर्नु थियो ”

बेलायतमा स्थायी घर भएकी ३३ बर्सिया के ली विगत ३ वर्ष देखि आफ्ना १४ बर्सिया सन्तानका साथमा अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा मेलबर्नमा बस्दै आएकी छन् । उनी अस्थायी भिसामा भएका कारण सरकारी अनुदानबाट वञ्चित छन् ।
Unemployment in Australia
Unemployment in Australia. Source: AAP/PA Wire
रोजगारी गुमाएपश्चात् घर भाडा तिर्न नसक्ने अवस्थामा पुगे पछि घरबेटी सँगको मामला भिक्टोरियाको प्रशासनिक न्यायाधिकरणको कार्यालय भिस्याट सम्म पुग्यो ।

र रेन्र्टस एन्ड हाउजिङ युनियनको सहयोगमा उनले मुद्दा जित्न सफल भइन् । र यो सँगै उनले तिर्नु पर्ने करिब १२ हजार बराबरको ऋण मिनाहा भएको छ ।

यो जितको श्रेय उनी युनियनलाई दिन्छिन् ।

युनियनकी सचिव आईरीन सोलिडिस नोयस भन्छिन् राष्ट्रिय स्वयंसेवा संस्थाले कोभिड –१९ महामारीका बेला यो संस्थाको गठन गरेको हो ।


उनी भन्छिन् “हाम्रो संस्थाले संयौ भाडामा बस्नेहरूलाई भाडा घटाउन,भएको ऋण मिनाहा गर्न वा सम्झौता रद्द हुनबाट जोगिन सहयोग पुर्‍याउँछौ, विशेष गरी यो अवस्थामा जहाँ मानिसहरूको आय हुँदैन, उनीहरूले ऋण तिर्न सक्ने सम्भावना असम्भव जस्तै हुन्छ यस्तो अवस्थामा घर मालिक वा एजेन्टले यो कुराको महसुस गर्नु पर्दछ ”
Housing rent
Young people who receive rent assistance are the most likely to be under rental stress. Source: AAP
युनियनले हाल विशेष गरी अस्थायी भिसादारीहरूलाई सहयोग पुर्‍याई रहेको छ तर यो तनावले कैयन अस्ट्रेलियालीहरूलाई पनि असर पारेको छ ।


नोयस भन्छिन् “ अस्ट्रेलियाका ३० प्रतिशत मानिस भाडामा बस्छन् र ती मध्य ४० प्रतिशतले आफ्नो कमाइको आधा रकम भाडामा खर्च गर्न बाध्य छन् र कम आयका साथमा बाच्न बाध्य छन् ”

भिक्टोरियामा २०२१ को मार्च महिना सम्म कसैलाई पनि घर भाडा तिर्न नसकेको खण्डमा घरबाट निकाल्न निषेध गरिएको छ । अपवादमा घर धनिले घर बेच्न लागेमा वा आफ्ना परिवारको सदस्यहरू बस्नु परेमा भने यो डेरावालाहरूलाई निस्केर जान अनुरोध गर्न सक्दछन् ।

घर भाडामा बस्नेहरूलाई ५० प्रतिशत वा त्यो भन्दा बढी छुट दिए आफूले तिर्दै आएको ऋण केही समयका लागि पर सार्न वा करमा छुटको राहत पाउन सक्ने नियम छ ।

इटलीको रोमबाट आएका मार्टिना पिटोटी र एरोस लिपोरी अहिले नयाँ घर भाडामा लिनका लागि खोजी रहेका छन् । उनीहरूको हालको घर धनीले घर बेच्ने निर्णय गरेपछि उनीहरू नयाँ वासस्थानको जोहो गर्न बाध्य भएका छन् ।

मार्टिना भन्छिन् “हामी सँग जागिर छैन र हामीलाई यो विषयले धेरै सोच्न बाध्य बनाएको छ।”

न्यायाधिकरणले भाडा सम्झौता रद्द गर्नु पर्ने बताएपछि युनियनको सहयोगमा उनीहरूले करिब ८ हजार अस्ट्रेलियन डलर बराबरको ऋण भने तिर्नु नपर्ने भएको छ ।


तर आउँदो समयमा भाडा सम्बन्धी विषयले अझ बढी तनाव दिने देखिन्छ विशेष गरी जवकिपर र जवसिकर जस्ता सरकारी सहयोग बन्द भएपछि घरबेटीहरूलाई बैकको ऋण तिर्नबाट सहयोग मिल्ने छैन तव घर खालि गर्ने सूचनाहरू बढी जारी हुन सक्छन् ।

युनियनले यो सङ्कटको दीर्घकालीन समाधानका लागि आह्वान गरिरहेको छ ।

पिटोटी समस्यामा परेकाहरूलाई सहयोगको अपिल गर्न आग्रह गरी रहेकी छन् ।


तपाईँलाई आर्थिक कठिनाइ परेको छ भने  www.moneysmart.gov.au  सम्पर्क गर्न सक्नुहुनेछ वा १८०० ००७ ००७ मा फोन गर्नुहोस् ।


Share
Published 3 November 2020 10:53am
Updated 3 November 2020 11:03am
By Catalina Florez
Presented by SBS Nepali
Source: SBS News


Share this with family and friends