अगिल्लो आर्थिक वर्ष यता मात्रै दुई अर्ब डलरभन्दा बढी रकम दाबी नगरिएपछि एटीओले अस्ट्रेलियामा काम गर्ने सबै मानिसहरूलाई आफ्नो माइगभ एकाउन्टमा लगइन गरेर यसबारे बुझ्न आग्रह गरेको छ।
डेपुटी कर कमिस्नर एमा रोजनवीगका अनुसार आफ्नो हराएको वा दाबी नगरिएको सुपर केही मिनेट भित्रै सजिलोसँग खोज्न सकिन्छ।
“सुपर अस्ट्रेलियालीहरूको जीवनभरमा हुने सबैभन्दा महत्त्वपूर्ण निवेश मध्येको एक हो र यसै कारण पनि हामी परिश्रमी अस्ट्रेलियालीहरूलाई सही रूपमा उनीहरूको कमाइसँग पुनर्मिलन गराउन चाहन्छौँ,” उनले भनिन्।
“आफ्नो आर्थिक भविष्य सुरक्षित गर्न, (तपाईँले कमाउनुभएको) हरेक पाइ-पाइको महत्त्व हुन्छ।”डेपुटी कर कमिस्नर एमा रोजनवीग
रोजनवीग अगाडी भन्छिन् कि मानिसहरूले प्राय काम परिवर्तन गर्दा वा बस्ने ठाउँ सर्दा आफ्नो सुपरएन्नुएसन कोषलाई जानकारी अद्यावधिक गराउन छुटाउँछन् वा समयाभावका कारण बिर्सन्छन्।
“तर, यसको मतलब तपाईँले आफ्नो सुपरमा जम्मा भएको पैसा सदाका लागि गुमाउनुभयो भन्ने होइन,” उनले भनिन्।
“एटीओको अनलाइन सेवाहरू माइगभ मार्फत लिएर तपाईँले सजिलैसित आफ्नो हराएको वा दाबी गर्न बाँकी रहेको सुपर फेला पार्न सक्नुहुन्छ।”डेपुटी कर कमिस्नर एमा रोजनवीग
कुनै पनि सुपरएन्नुएसन वा निवृत्तिभरण कोषले आफ्नो सदस्यलाई सम्पर्क गर्न नसक्दा वा त्यस्ता सदस्यको खाता निष्क्रिय हुँदा, ती कोषले आफ्नो स्वामित्वमा राख्ने रकमलाई ‘लस्ट सुपर’ वा हराएको सुपर भनेर बुझिन्छ।
एटीओका अनुसार हाल १०.४ अर्ब डलर यसरी ‘लस्ट सुपर’मा सूचीकृत छ।
यस्ता लस्ट सुपर सधैँ सुपर फन्डले नै राख्न भने पाउँदैनन्।
कर कार्यालय भन्छ कि दाबी नगरिएका सुपर वापतको रकमले एक निश्चित रेखा पार गरेपछि निवृत्तिभरण कोषहरूले यसबारे एटीओलाई बताएर मात्रै पुग्दैन, उक्त रकम आफूलाई हस्तान्तरण गर्नुपर्छ।
Since November 2019, ATO has proactively consolidated almost 4.7 million accounts with a value of $7.1 billion dollars. Source: AAP
यसै गरी, ६५ उमेर माथिका, अस्थायी भिसामा रहेर काम गरेर (जस्तै कि विद्यार्थी वा डिपेन्डेन्ट) अस्ट्रेलिया बाहिर ६ महिनाभन्दा बढी समय बिताइसकेका वा जसको भिसाको म्याद गुज्रिसकेको छ वा रद्द भइसकेको छ, उनीहरूको सुपर वापतको रकम पनि एटीओलाई सुपर फन्डहरूले बुझाउनुपर्छ।
एटीओका अनुसार यसरी जम्मा हुन आएको कुल रकम ५.६ अर्ब डलर छ र सन् २०१९ यता यसमा ४० प्रतिशत वृद्धि भइसकेको छ।
छ हजार डलर वा सोभन्दा कम रकम जम्मा भएको खाताहरू कर कार्यालयलाई हस्तान्तरण हुने एमा रोजनवीग बताउँछिन्।
“यसको मतलब निकै ठुलो धनराशि दाबी हुन बाँकी नै छ,” उनी भन्छिन्।
“हामीले यसरी बेवारिसे भएको रकम जसको हो, उसलाई जिम्मा दिन सकेसम्म काम गरिरहेका छौँ र यसका लागि मानिसहरूको अद्यावधिक सम्पर्क विवरणमा हामी निर्भर रहन्छौँ।”डेपुटी कर कमिस्नर एमा रोजनवीग
डेपुटी कमिस्नर अगाडी भन्छिन् कि करदाताहरूले आफ्नो सम्पर्क विवरण र ब्याङ्क खाता सम्बन्धी जानकारी सही राख्न एकदमै जरुरी छ।
निकै सङ्ख्यामा मानिसहरूको एकभन्दा बढी सुपर फन्डमा खाता हुने भएकाले पनि सुपर वापतको रकम हराउने वा दाबी नहुने भएको एटीओको भनाई छ।
“सुपर फन्डसँगै सधैँ सम्बन्ध राख्नुहोस्, रिटायर्ड हुने बेलामा मात्रै होइन,” रोजनवीग भन्छिन्।
सम्बन्धि सामाग्री
घरेलु हिंसाका पीडितहरूलाई सुपर झिक्न दिने योजनाको विरोध