मुख्य बिषय
- आप्रवासी र शरणार्थी पुष्टभुमीका धेरै युवा मानसिक रोगको जोखिममा
- विशेष खालको मानसिक स्वास्थ्य सहायताको खाँचो
- महामारीको समयमा समस्या झनै बढ्दै छ
मानसिक स्वास्थ्यका मुद्दाका जोखिमलाई कम वा यसको सामना गर्न मानसिक स्वास्थ्य सेवाहरूको पहुँचमा वृद्धि हुनु पर्नेमा पनि सरोकारवालाहरूले जोड दिएका छन् ।
सार्वजनिक भएको अनुसन्धान रिर्पोटले आप्रवासी र शरणार्थी पृष्ठभुमिबाट आएका मानिसहरूलाई विशेष खालको मानसिक स्वास्थ्य सहायताको खाँचो रहनेमा जोड दिएको छ ।
यस क्षेत्रमा कार्य गरिरहेका विज्ञहरूले सांस्कृतिक रूपमा सान्दर्भिक, प्रभावकारी र उपयुक्त सेवाहरूका लागि वकालत गरिरहेका छन् ।
युवाहरूको मानसिक स्वास्थ्यको क्षेत्रमा कार्य गरिरहेको ओरीगन नामक सस्था र युवाहरूका बिषयमा काम गरिरहेको बहुसांस्कृतिक केन्द्रले संयुक्त रूपमा गरेको अनुसन्धानले यस्तो पत्ता लगाएको हो ।
ओरीजेनका नीति सल्लाहकार डेभिड बेकरका अनुसार शरणार्थी र आप्रवासीहरूले भिन्नै खालको चुनौतीको सामना गर्नु पर्ने भएकाले उनीहरू अन्य अस्ट्रेलियन भन्दा मानसिक स्वास्थ्यका विषयमा बढी जोखिममा रहने बताए ।
अर्को मुलुकमा बसाइसराइका क्रममा यस्ता समूहका मानिसहरूले नयाँ संस्कृति, जीवनशैलीमा समायोजनको कठिनाइ, भाषाको अवरोध, जातिवाद र भेदभाव जस्ता कुराहरूको अनुभव गर्ने बताइन्छ।
धेरै मानिसहरूले अस्ट्रेलिया आउनु अघि दर्दनाक घटनाहरूको सामना गरेका हुन्छन् रिर्पोटले भनेको छ।
र यी व्यक्तिगत अनुभवहरूका कारण उनीहरूको मानसिक स्वास्थ्यमा महत्त्वपूर्ण भूमिका खेल्दछ र उनीहरूको आफ्नै जीवन पनि जोखिममा राख्दछन् ।
बहुसांस्कृतिक युवा केन्द्रकी प्रमुख कार्यकारी कार्मेल गुएरा भन्छिन "आप्रवासी र शरणार्थीहरूले मानसिक स्वास्थ्यको पहुँचमा असमानताको सामना गर्नु परिरहेको छ । "
गुएरा भन्छिन् कि यो समस्या महामारीको समयमा झनै बढ्दै छ । र युवाहरूले बढी अस्वस्थ र एक्लोपनको महसुस गरेको गुनासो गरिरहेका छन् ।
सार्वजनिक प्रतिवेदनले पश्चिमी उपचार पद्धति व्यक्ति केन्द्रित हुने भएकाले समुदायमा आधारित दृष्टिकोणमा जोड दिनका लागि वकालत गरिरहेको छ जसले मानिसहरूलाई सुस्वास्थ्य प्राप्त गराउन सहयोग पुर्याउँछ ।
The number of young patients with mental health problems has increased since Melbourne went back into lockdown. Source: Pixabay
गुएरा भन्छिन् समुदाय सँग जोडिएको अनुभव गर्न युवाहरूको लागि महत्त्वपूर्ण छ र धेरै समुदायमा मानसिक रोगको विषयलाई हेयका दृष्टिकोणबाट हेरिने भएकाले पनि आवश्यक सहयोग लिनबाट निरुत्साहित पार्न सक्दछ ।
गोएराले अधिक समावेशी र सांस्कृतिक रूपमा उत्तरदायी दृष्टिकोणका लागि आग्रह गरिरहेकी छन् जसले आप्रवासीहरूको आध्यात्मिकता र परिवार सँगको संलग्नतालाई जोड दिन्छ ।
मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने र आप्रवासी एवं शरणार्थी समुदायका बिचमा सम्बन्ध र र कुराकानीलाई जोड दिनु पनि उत्तिकै महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।