२०१९ को एन्जाक दिवस परेड अन्तर्गत सिड्नीमा भएको मार्चमा सदाझैँ यस पटक पनि अस्ट्रेलियाली सेनामा हाल मेजर रहेका भल बहादुर राईले भूपू गोर्खा सैनिक र उनीहरुका परिवारहरुको नेतृत्व गरेका थिए।
एन्जाक दिवस र ब्रिटिश सेनामा नेपालीहरुको भूमिका बारे उनले एसबीएस नेपालीसँग कुराकानी गरका थिए।
साथै हरेक बर्ष मार्च पासमा गोर्खालीहरूको सहभागिता गराउदै आएको आयोजक टोलीका श्याम बहादुर गुरुङले परेड आयोजनाबारे र ब्रिटिश सेनामा नर्सको रुपमा १० बर्ष सम्म काम गरेकी रुकमणि देवानले गोर्खा बटालियनमा रहँदाका अनुभवहरू हामीलाई सुनाएकी छन्।
साथै गोर्खाली पल्टनको सहयोगी व्यवहारबाट प्रभावित रिचार्ड लोले उक्त परेडमा गोर्खालीहरूको साथ् दिएका थिए। उनले नेपाली भाषा त राम्रो सँग बोल्छननै साथमा नेपाली गित समेत गाएर हामीलाई सुनाएका थिए।
उक्त कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयर क्लिक गर्नुहोस्
एन्जाक दिवस २०१९ को सिड्नी परेडका केहि झलक:
मेलबर्नमा भूपू गोर्खा सैनिक र उनीहरुका परिवार सहभागी परेडको भिडियो
सिड्नी परेडका भिडियोहरु