किरन म्यानीन गएको एक दशक देखि आफ्नो निजी घर खरिदको सपना पुरा गर्न पैसा बचत गरिरहेकी थिइन् ।
यस पटक आमा बाबाको आर्थिक सहयोग पछि सिड्नीमा रहेको एक अपार्टमेन्ट साँचो लिन उनी सफल भइन् ।
पछिल्लो समय आकासिएको घरजग्गाका को भाउ छिचोल्न मुस्किल परेकाहरू मध्ये केइरन मात्रै एक मात्र पात्र भने होईनन् ।
कोर लजीकका अनुसार हरेक सहरमा कम्तीमा पनि एक प्रतिशतका दरले घरको भाउ बढेको छ ।
उक्त संस्थाका अनुसन्धान निर्देशक टिम ललेस भन्छन् माग र आपूर्तिका बिच सन्तुलन मिलेको छैन ।सबैभन्दा कम भाउ बढेको पर्थमा हो,जहाँ एक दशमलव एक प्रतिशतले मात्र घरको भाउ बढेको छ ।
Source: AAP
यता टास्मेनियाली सहर होर्वटमा तिन दशमलव २ र सिड्नीमा ३ प्रतिशतको वृद्धि देखिएको छ ।
सिड्नीमा पछिल्लो ३२ वर्षमा यसरी घरको भाउले छलाङ मारेको यो दोस्रो मौका हो ।
अझ डार्बिनको अवस्था हेर्न हो भने यो वर्षको मे महिना सम्ममा घरको भाउ २० दशमलव ३ प्रतिशतले बढेको छ,र यो एक वर्षमा रेकर्ड गरिएको सबैभन्दा ठुलो वृद्धि हो ।
रिजर्भ बैकको ब्याजदर ऐतिहासिक रूपमा शून्य दशमलव १ प्रतिशतमा रहनुले बैकहरूलाई कम ब्याजदरमा ऋण प्रवाह गर्न सजिलो भएको छ
तर यस्ता चेतावनीहरू दिइएका छन् कि यो दर रेटमा चाडै परिवर्तन आउन सक्छ ।मोजो नामक वित्त संस्थाका पिटर मार्च भन्छन् “हामी यो अनुमान लगाईरहेका छौ कि बैकहरूले बिशेषगरी दीर्घकालीन अवधिका लागि दररेटलाई बढाउनेछन् ”
If you deferred your home loan repayments due to the impacts of COVID-19, find out more about what that means for you. Source: Pixabay
यता घरजग्गा खरिदका लागि ऋण मिलाइदिने प्लेटफर्म लेन्डी ग्रुपका प्रमुख डेभिड हेम्यानका अनुसार खरिदकर्ताहरू सस्तो मूल्य खोज्दै सहरबाट टाढा जादैछन् ।
कोर लजीकको घरको भाउको सुचीमा मे महिनामा मात्र दुई दशमलव दुई प्रतिशतको वृद्धि देखिएको छ ।
जुन अघिल्लो वर्षको तुलनामा १० प्रतिशत बढी हो ।
यो सँगै पछिल्लो समय निजी आवास निर्माणका लागि अनुमति दिने गतिमा पनि वृद्धि देखिएको छ ।