यस महिनाको आर्थिक कुराकानीमा समेटिएका बिषयहरुः
- थप ब्याजदर वृद्धिको सम्भावना कत्तिको छ ?
- भाडामा घर नपाउने समस्या किन बढिरहेको छ ?
- ब्याजदर बढेको समयमा इन्भेस्टमेन्ट प्रपर्टी किन्नु फाइदाजनक छ ?
- अस्ट्रेलियाका प्रमुख सहरहरूमा घर जग्गा बजारको अवस्था कस्तो देखिन्छ ?
के आगामी महिना प्रसारण हुने शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुक, ट्विटर मार्फत वा यहाँ क्लिक गरेर पठाउन पनि सक्नुहुनेछ। आर्थिक कुराकानी हरेक महिनाको पहिलो आइतवार अपराह्न ४ बजेको कार्यक्रममा प्रत्यक्ष प्रसारण हुन्छ।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।