"दक्षिण एसियालीहरू उबर, ट्याक्सी चालक अथवा पिज्जा डेलिभरी गर्ने मात्र हैनन् ': लाएनहेल्मको "ब्राउन मेन" विवाद'

Liberal Democratic Party Senator David Leyonhjelm after a vote to suspend Australian Greens leader, Senator Richard Di Natale from the Senate at Parliament House in Canberra, Tuesday, November 27, 2018. (AAP Image/Mick Tsikas) NO ARCHIVING

Liberal Democratic Party Senator David Leyonhjelm (AAP Image/Mick Tsikas) Source: AAP

"योङ्ग ब्राउन मेन" को अस्ट्रेलियाली कार्यबलमा योगदानका लागी धन्यवाद दिएका लिबरल डेमोक्रेटिक पार्टीका सिनेटर डेभिड लाएनहेल्मले कडा विरोध र आलोचनाको सामना गर्नु परिरहेको छ।


ग्रिन्स र बहुसांस्कृतिक समूहहरूले आप्रवासीहरूलाई उनको धन्यवादको आवश्यकता नपर्ने भन्दै आप्रवासीहरू प्रति लक्षित उक्त अभिव्यक्तिले उनीहरूलाई कमजोर देखाउन खोजेको आरोप लगाएका छन्।

लिबरल डेमोक्रेटिक सिनेटर डेभिड लाएनहेल्मको गहुँ-गोरो रङ्गका युवाहरूले अस्ट्रेलियामा गरेको कामलाई लिएर धन्यवाद दिएका विषयमा ग्रिन्स पार्टी र बहुसांस्कृतिक समूहहरू आक्रोशित भएका छन्।

सिनेटर लाएनहेल्मले संसद्को माथिल्लो सदनमा सम्बोधन गर्ने क्रममा अस्ट्रेलियालीहरूले त्यागेको पेसालाई युवा आप्रवासीहरूले अपनाएको बताएका थिए।

उनले विभिन्न अनलाइन खरिद गरिने दैनिक उपभोग्य सामानहरू, पिज्जा लगाएतलाई घरसम्म पुर्‍याउने देखि उबर र ट्याक्सी चलाएर आफ्नो दैनिकीलाई सहज बनाएको प्रतिक्रिया दिएका थिए।
"मेरो सम्पर्कमा आउने गहुँ-गोरो रङ्गका यी युवाहरू प्राय कम आय भएका काम गर्छन्। उनीहरू मलाई उबर र ट्याक्सीमा चढाउँछन्, अनलाइन मगाएका किराना सामान तथा पिज्जा घरसम्म ल्याउँछन्, स्थानीय सेभेन इलेभेनमा, रेस्टुरेन्टमा मलाई सेवा गर्छन्।"
यिनै भनाइ सँगै उनले थपे धेरै भर्खरै आएका आप्रवासीहरूसँग उनीहरूले गर्ने कामको लागि चाहिने भन्दा बढी योग्यता छ।

उनले भने, "पछिल्लो जनागणना अनुसार २४ प्रतिशत अङ्ग्रेजी बाहेक अन्य भाषा बोल्ने शिक्षित र योग्य आप्रवासीले अस्ट्रेलिया आएको ५ वर्ष भित्र व्यवसायिक तहको काम पाउँछन् जहाँ ५० प्रतिशत अङ्ग्रेजी भाषा प्राथमिक भएका राष्ट्रहरूका रहेका छन्।"

 हुन त लाएनहेल्मले ती शब्दहरू प्रशंसा गर्न खर्चिएको जस्तो सुनिएको थियो , तर पाकिस्तानमा जन्मिएका र १९९२ मा अस्ट्रेलिया आएका ग्रीन्स सिनेटर मेहरिन फारुकी भन्छिन् उनको त्यो अभिव्यक्ति संरकक्षक बन्न खोजेको हिसाबले आएको छ।

 उनले लाएनहेल्म साँच्चै आप्रवासीहरूलाई सहयोग गर्न चाहन्छन् भने संसद् जस्तो माथिल्लो तहमा देखिने रंगभेदी गतिविधिलाई रोक्न बोल्नु पर्ने बताएकी छन्।
"दुखका साथ भन्नु पर्छ, जब अश्वेत आप्रवासीहरूको कुरा आउँछ प्राय सधैँ उनीहरूले अर्थतन्त्रमा दिएको योगदानको कुरा गरिन्छ। र यो अमानवीय हो। दक्षिण एसियालीहरू अरूले गर्न नचाहेको काम गर्नेमा मात्र सीमित छैनन्।"
डेमोक्रेसी इन कलर नामक संस्थाका प्रवक्ता टिम लो सुर्डो भन्छन् एक तिहाइ अस्ट्रेलियामा रहेका अस्थायी आप्रवासीहरू न्यूनतम पारिश्रमिक भन्दा कम रकममा काम गरिरहेता पनि उनीहरू नै आफ्नो अधिकारको लागि लड्न र आवाज उठाउन सक्षम छन्।

र उनीहरूले जित पनि हासिल गरिरहेका छन्।

उनी भन्छन्, "त्यसका लागि लाएनहेल्म जस्ता श्वेत उद्धारकर्ताको आवश्यकता छैन। "

लो सुर्ड़ो भन्छन् आप्रवासीहरुलाई पिज्जा घर घरमा पुर्‍याउने र ट्याक्सी चालक जस्तो बिल्ला लगाई दिनु गलत हो।

बहुसांस्कृतिक युवाहरूको वकालत गर्ने सञ्जालकी प्रमुख क्यारमेल गुएर्राका अनुसार सिनेटरको शब्द चयन नै आपत्तिजनक छ।
लाएनहेल्मले बहुसांस्कृतिक पृष्ठभूमिका उबर र ट्याक्सी चालकसँगको भेट अनुभव मात्र पाएको भन्दै गुएर्राले उनलाई विशेष निम्ता दिने बताएकी छन्। उनले सिनेटरलाई सोही पृष्ठभूमिका तर अन्य पेसा र व्यवसायमा लागेर अस्ट्रेलियालीहरूको दैनिकीमा सामेल भएकाहरू सँग भेट गराउने भनी व्यङ्ग्य गरेकी छन्।
युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीका समाजशास्त्रका प्रोफेसर एन्ड्रु याकुवोविच सिनेटरको उक्त भनाई लाई श्वेतहरूको कमजोर मानसिकताको रूपमा वर्णन गर्छन्।

उनका अनुसार बारम्बार अश्वेतहरू माथि आफ्नो प्रभुत्व देखाउन खोज्नु श्वेतहरूको अस्तित्व लाई लिएर देखिने डर हो। र उनले लाएनहेल्मले त्यसलाई प्रस्ट पारेको बताएका छन्।

प्रोफेसर याकुवोविचले उक्त अभिव्यक्तिलाई वृहत् अस्ट्रेलिया तर एकल सांस्कृतिक र रंगीय संसदबिचको ठुलो अन्तरका रूपमा व्याख्या गरेका छन्।
"पछिल्लो समयमा अस्ट्रेलियामा देखिएको परिवर्तनलाई लिएर अप्ठ्यारो महसुस गर्ने व्यक्तिहरूबाट आफ्नो गुमेको प्रभुत्व स्थापित गर्न यस्ता अबिव्यक्तिहरू प्रयोग गरिने देखिएको छ।"
जातीय सामुदायिक परिषद् भिक्टोरियाकि प्रमुख क्रिस पाव्लीदिस भन्छिन् सार्वजनिक पदमा आसीन व्यक्तिहरूले केही बोल्नु अगाडी  प्रयोग गर्न शब्दहरूका बारेमा धेरै सोच्नु आवश्यक छ।


Share