महामारीको सुरुवातसँगै अस्ट्रेलियामा बसाई सराई गर्ने मानिसहरूको सङ्ख्या निकै घटेको छ ।
अस्ट्रेलियाली तथ्याङ्क विभागका अनुसार कुनै बेला प्रत्येक महिना करिब २० लाख मानिससम्म अस्ट्रेलिया आउने गर्दथे ।
तर अहिले यो ३५ हजारमा सीमित छ ।
महामारी अगाडीको अवस्थामा आप्रवासन फर्कन कम्तीमा पनि चार वर्ष लाग्ने पूर्वानुमान ट्रेजरीले गरेको छ र यो पनि अस्ट्रेलियाको खोप कार्यक्रम र सुरक्षित क्वारेन्टिन व्यवस्थामा निर्भर रहन्छ।
अर्थशास्त्री ग्याब्रिएला डी'सुजा भन्छिन् बसाई सराई अर्थतन्त्रका लागि निकै फलदायक छ र बजेटलाई सही ठाउँमा ल्याउन यो नितान्त आवश्यक पनि।
तर हाल बन्द अन्तर्राष्ट्रिय सीमा चाँडै खुल्ने सङ्केत नमिल्दा, धेरै मानिस मङ्लबार घोषणा हुने सङ्घीय बजेटले आप्रवासन सम्बन्धी के-कस्तो लक्ष्य निर्धारण गर्ने छ भनेर प्रतिक्षारत छन्।
Rahim Zaidi started a football club in Adelaide. Source: Supplied
उनी भन्छन् कि खेलले समुदायलाई एक ढिक्का हुन मद्दत गरेको छ ।
“जब मैले क्लब सुरु गरे म त्यति धेरै अस्ट्रेलियनहरूलाई चिन्दिन थिएँ," जैदीले भने।
"तर जब मैले फुटबल खेल्न सुरु गरेँ, क्लबहरूमा गएर मानिसहरू जम्मा पारेँ; अहिले हामीसँग अस्ट्रेलियालीहरू माझ धेरै साथीहरू छन्।"
एडिलेडको भित्री उत्तरी क्षेत्र किलबर्नमा विगत १० वर्षको समयमा हजाराहरुको सङ्ख्या निकै बढेको छ ।
धेरै मानिसहरू आफ्नो देशमा चरम सङ्कट आएपछि नयाँ जीवनको सुरुवात गर्न यहाँ आएका हुन् ।
साउथ अस्ट्रेलिया विश्वविद्यालयका डेभिड ऱ्याडफोर्डले अफगानी हजाराहरुका बारेमा अनुसन्धान गरेका छन्।ऱ्याडफोर्ड भन्छन् कि उनीहरूको सङ्ख्या पहिले निकै कम थियो तर पछिल्लो पटकको जनगणनामा करिब १५ सयले उनीहरूको सङ्ख्यामा वृद्धि भएको छ ।
Ghan Kilburn City Football Club Source: Supplied/Ghan Kilburn City Football Club
"त्यसैले पनि यो ठाँउमा उनीहरूको उपस्थिति ठुलो देखिएको हो," उनले भने।
हाल यस समुदायले पोर्ट-एडिलेड एनफिल्ड क्षेत्रलाई पुनर्जागृत गरेको श्रेय पाएको छ।
कुनै बेला निकै धेरै आपराधिक घटना एवम् कम सामाजिक आर्थिक स्थितिका लागि जानिएको उक्त क्षेत्र अहिले समृद्ध बहुसाँस्कृतिक केन्द्र बनेको छ र जसलाई हाल स्नेहपूर्वक "लिटिल अफगानिस्तान" भनेर पनि सम्बोधन गरिन्छ।अध्यागमन एजेन्ट एवम् सामुदायिक नेता युनुस नुरी आफ्नो समुदायले गरेको योगदानमा गर्व गर्दछन् ।
Adelaide pedestrians - AAP. Source: Credit: AAP Image/Kelly Barnes.
“पत्याउनै नसक्ने गरी समाजमा उल्लेख्य परिवर्तन आइरहेको छ – फस्टाइरहेको छ, हामी कहाँ विभिन्न खाद्य पर्दासँगै धेरै रेष्टुरेण्टहरु छन्, धेरै किराना स्टोरहरू पनि छन्, यहाँ कपाल काट्ने सेवा छ, बेकरीहरू छन् जसले ताजा खाद्य सामाग्री समुदायलाई दिइरहेको छ ।”
यसै भएर पनि सो क्षेत्रमा घरजग्गाको भाउ अहिले आकासिँदो रहेको डेभिड ऱ्याडफोर्डले बताए।