रोशन मिश्रसँगको हाम्रो पूरा कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरको प्ले बटन थिच्नुहोस्
१) तारागाँउ म्युजियमका निर्देशकको रुपमा विभिन्न गतिविधि गरिरहँदा नेपाली समाजले आर्टलाई कसरी बुझेको पाउनुभयो ?
सुरुमा यसलाई आर्किटेक्चर म्युजियसको रुपमा स्थापना गरिएको थियो । मैले कन्टेम्प्रोरी आर्ट म्युजियम भनेर सुरु गर्दा बुझाई फरक थियो । अहिले आर्टसम्बन्धी विभिन्न गतिविधि हुने गरेका छन् । यसले गर्दा आर्टमा रुचि राख्ने मानिसहरुको संख्या बढी रहेको छ ।
नेपालमा आर्टसम्बन्धी प्रदान गरिने शिक्षाका कारण दक्षिण एसियामासम्म सीमित हुनुपरेको छ । युरोप र अमेरिकासम्म पुग्ने कुरा निकै टाढाको भइसक्यो ।
आर्टको प्रवद्धनको लागि स्थापित सरकारी संस्था नेपाल एकेडेमी अफ फाइन आर्ट (नाफा)ले कलाकारको संवृद्धिको लागि कामै गर्न सकेन्।
२) चार वर्षअघि तारागाँउ म्युजियम साँच्चिकै आवश्यक भएर स्थापित गरिएको थियो ?
तारागाँउ म्युजियममा सुरुदेखि आवद्ध भएर काम गरें । यसलाई तारागाँउ रिजेन्सी होटेल्स्ले संञ्चालन गर्छ । सारा फाउन्डेसनले यसलाई सहयोग गरिरहेको छ ।
यस म्युजियमका निर्देशकको रुपमा आवद्ध भएर आर्टको प्रवद्धनको लागि काम गरिरहेको छु । सरकारले आर्टसम्बन्धी राम्रा गतिविधिलाई जोड दिन नसक्दा निजी म्युजियम र ग्यालरीहरुले काम गर्नुपर्ने अवस्था आएको छ ।
३) आर्टको गतिविधि सरकारी स्तरमा हुन नसकेर निजी रुपमा हुनुको कारण के होला ?
आर्टको प्रवद्धनको लागि स्थापित सरकारी संस्था नेपाल एकेडेमी अफ फाइन आर्ट (नाफा)ले कहिल्यै नयाँ पुस्ताका कलाकारहरुको कामलाई प्रोत्साहन गर्नै सकेन् ।
राजनैतिक नियुक्तिबाट आएका मानिसले आर्टलाई बुझ्ने भन्दा यसलाई राजनैतिक गर्ने थलो बनाएका छन् । त्यसैले निजी म्युजियम र ग्यालरीहरुले आर्ट र कलाकारलाई प्रोत्साहित गरेर काम गरिरहेका छन् ।
४) निजी आर्ट ग्यालरी वा म्युजियमहरु केही कलाकारबाहेक बाँकीलाई वेवास्ता गरियो भन्ने गुनासोहरु किन आउने गर्छन्?
यो जुनै क्षेत्रमा देखिन्छ । नेपाल एकेडेमी अफ फाइन आर्टले विदेशमा आयोजित कार्यक्रममा सहभागि हुन जाँदा राम्रा कलाकारलाई कहिल्यै अवसर दिएको छैन् ।
सरकारी संस्थाको तुलनामा निजी आर्ट ग्यालरीसँग सीमित स्रोत हुन्छन् । सबैलाई समेट्ने कोशिस गरिरहेका छौं ।
५) तपाईलाई पारिवारिक पृष्ठभूमिले आर्टमा सक्रिय हुन कत्तिको प्रोत्साहित गर्यो ?
बुबा मनोजबाबु मिश्रको छोरा भनेर सबैले चिनेपनि हाम्रो काम एकदम फरक छन् । फेरि कलाकार भएकाले पारिवारिक नाम जोडिनु स्वभाविक हो । मैले प्रयोग गर्ने कलरहरु बुबाको आर्टबाट प्रेरित हुने गरेको छ ।
सानैदेखि घरमा चित्र कोर्ने माहोलले गर्दा पनि यसमा करियर बनाउनेमा जोड दिएको थिए ।६) नेपालमा न्युड आर्टलाई स्थापित गर्न लागि पर्नुभएको छ । कस्ता खालका प्रतिक्रियाहरु पाइरहनु भएको छ ?
Nepali artist Kapil Mani Dixit with his artwork Source: Facebook
न्युड आर्टलाई भन्ना साथ कलाकारहरुनै असहज महसुश गर्छन् । यसलाई आर्ट भनेर बिस्तारै बुझ्न थालिएको छ । आर्ट विधाहरु नबुझेसम्म समाजलाई बुझ्न सकिन्न् ।
हामी न्युड आर्टभित्रको कलाकारितामा केन्द्रित हुन सक्नुपर्छ । मैले र कपिलमणि दीक्षितले फेब्रेवरीले न्युड आर्ट प्रदर्शनी गरेका थियौं । त्यसमा हामीले सकारात्मक प्रतिक्रिया पाएका थियौं ।
७) आगामी दिनमा तारागाँउ म्युजियमले कस्ता खालमा आर्टसम्बन्धी गतिविधिलाई प्राथमिकता दिनेछ ?
तारागाँउ म्युजियमलाई कन्टेम्प्रोरी आर्ट केन्द्रको रुपमा स्थापना गरेका छौं । त्यसैले विभिन्न विधामा काम गर्ने कलाकारहरु समावेश गर्न लागि परेका छौं। अहिले हामीसँग ३५ कलाकारहरु छन् ।
उनीहरुले स्थायी रुपमा आर्ट सम्बन्धी काम गर्न म्युजियम प्रयोग गर्न दिएका छौं । त्यस्तै आर्टिस्ट स्टूडियो भनेर एक महिनासम्म निःशुल्क रुपमा काम गर्न सक्ने ठाँउ दिएका छौं । कन्टेम्प्रोरी आर्टमा काम गरिरहेका कलाकारहरुलाई प्रोत्साहन गर्ने गतिविधिहरुलाई प्राथमिकता दिनेछौं ।