अस्ट्रेलियन एशोसिएट प्रेसले (एएपी) गरेको पछिल्लो फ्याक्टचेकमा नेताहरुले चुनावी अभियानका दौरान केही आधारहीन र भ्रामक कुराहरु गरेको फेला पारेको छ।
“परिस्थिति आएको खण्डमा म बुल्डोजर बन्न सक्छु, पछिल्लो दुई वर्षमा महत्वमा रहेका र हामीले गर्नु पर्ने चीजहरू पुरा गर्न हामी सक्षम भएका छौ”
चुनावी अभियानका क्रममा पत्रकारहरू सामु प्रधानमन्त्रीले आफूलाई बुल्डोजर भएको स्वघोषणा गदै गर्दा यता यसको प्रतिक्रियामा विपक्षी नेता एन्थोनी अल्बनिजीले आफू बिल्डर भएको घोषणा गरे।
“म बिल्डर हु, यदि म निर्वाचित भए भने देशको निर्माण गर्नेछु”
सङ्घीय निर्वाचनको अभियानहरूका दौरान प्रधानमन्त्री र विपक्षी दलका नेताबिच केही तात्तातो बहस भएको हामीले सुनेका छौ।
रिपोर्ट सुन्नुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न ।
LISTEN TO
फ्याक्टचेक: के चुनावी अभियानका दौरान नेताहरूले गरेका सबै दाबी सही छन्?
SBS Nepali
19/05/202206:38
एएपीले गरेको फ्याक्टचेकका दौरान दुई नेताहरूले गरेका केही टिप्पणीहरूलाई जाँच गरिएको छ।
मे २ मा गरिएको पत्रकार सम्मेलनका दौरान स्कट मोरिसनले सन् २०२१ मा नयाँ घर किन्नेको सङ्ख्या हालको बिपक्षी लेबर सरकारमा भएका बेला भन्दा झन्डै ७० हजारले बढी रहेको दाबी गरे।
परिस्थिति आएको खण्डमा म बुल्डोजर बन्न सक्छु
एएपीको फ्याक्टचेका दौरान विज्ञहरूले भने कि यो दाबी भ्रामक हो भनेका छन्।
सोही पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले यो पनि भने कि लेबर नेतृत्वको सरकारको अन्तिम वर्षमा केवल ९१,००० मानिसहरूले घर किनेका थिए।
र उनले यो दाबी गरे कि गत वर्ष १६४,००० मानिसहरूले आफ्नो पहिलो घर किने।
तर एएपी फ्याक्टचेकका दौरान भने प्रधानमन्त्रीले गरेका यी दाबी गलत भएको पाइएको छ।
लेबर सरकारमा रहेका बखत पहिलो घर खरिदका लागि लिइएका ऋणको सङ्ख्या महिनै पिच्छे फरक देखिएता पनि समग्र रूपमा गठबन्धन सरकारमा आए पछिको अवस्था भन्दा चाहिँ बढी नै रहेको पाइएको छ।
कर्टन विश्वविद्यालय अन्तर्गतको स्कुल अफ एकाउन्टिङ्ग, इकोनोमिक्स र फाइनान्सको आवास एवम् अर्थशास्त्रकी विशेषज्ञ प्राध्यापक राहेल भिर्फोजले प्रधानमन्त्रीको दाबी गलत भएको बताइन्।
म बिल्डर हु, यदि म निर्वाचित भए भने देशको निर्माण गर्नेछु
“लेबरको अन्तिम वर्षको मात्र गणना गर्नु भयो भने प्रधानमन्त्रीले बालेको कुरा सत्य हो, तर समग्रमा लेबर सरकारमा रहँदाको कुरालाई दाँज्ने हो भने चाहिँ यो कुरा गलत हो,” प्राध्यापक भिर्फोजले भनीन्।
अस्ट्रेलियाली तथ्याङ्क विभागको डेटालाई हेर्ने हो भने सन् २००९ यता पहिलो घर खरिदका लागि लिइएको ऋणको सङ्ख्या सन् २०२१ को वर्षमा सबैभन्दा धेरै छ।
यद्यपि सन् २००९ मा केभिन रड प्रधानमन्त्री हुँदा लिइएका यस्ता अधिकांस ऋणहरू ओनर अकुपायर अर्थात् खरिदकर्ता स्वयं उक्त सम्पत्तिमा बस्ने भनेर दिइएको छ।प्राध्यापक भिर्फोज भने कुनै एक वर्षमा मानिसहरू घर खरिदका लागि उत्साहित हुन विभिन्न कारणहरू रहने बताउँछिन्।
Morrison pediu aos portadores dos vistos de estudnate e Work and Holiday que considerem vir para a Austrália o mais rápido possível. Source: AAP
यस्ता कुरा सरकारी सहयोग, बैङ्कको ब्याजदर र अर्थव्यवस्थामा निर्धारित हुने उनी बताउँछिन्।
“सन् २००८ देखि २०१० सम्म पहिलो घर खरिदका लागि मानिसहरूले नाटकीय ढङ्गले ऋण लिनुको कारण सरकारले दिएको प्रोत्साहन हुन सक्छ,” उनले भनिन्।
प्रत्येक सरकारका पालामा कुनै एक समय, घर खरिदकर्तालाई प्रोत्साहन गरिने गरिएको पनि उनको भनाई छ।
“सन् २०२१ मा पनि गठबन्धन सरकारले घर खरिदकर्ताका लागि धेरै योजनाहरू सार्वजनिक गर्यो फर्स्ट होम डिपोजिट स्किम, होम बिल्र्डस कार्यक्रम लगायतले वित्तीय प्रोत्साहन प्रस्तुत गर्यो,” उनले भनिन्।
अब नेताहरूले गरेको अध्यागमन नीतिका बारेमा कुरा गरौँ, जहाँ अल्बनिजीले दाबी गरेका छन् कि सन् २०१३ को निर्वाचनमा अवैध रूपमा शरण खोज्दै आएका मानिसहरूको डुङ्गालाई फर्काउने नीतिमा गठबन्धनले समर्थन गरेन।
यद्यपि दुवै दलका नेताले बहसका क्रममा भने यसरी अवैध रूपमा भित्रन खोज्ने शरणार्थीलाई फिर्ता गर्ने पक्षमा रहेको बताए।
तर प्रधानमन्त्री स्कट मोरिसनले सन् २०१३ अघि अल्बनिजी उपप्रधानमन्त्री हुँदा चाहिँ यसका लागि प्रस्ताव किन नगरेको भनेर प्रश्न गर्दा अल्वनीजिले तत्कालीन समयमा गठबन्धनले साथ नदिएको उत्तर दिए।
जसमा प्रधानमन्त्री स्कट मोरिसन सहमत भएनन्।
“तपाईँले प्रस्ताव गर्नु भएन, माफ गर्नुहोला, यो हाम्रो नीति थियो, २०१३ अघि हाम्रो नीति फिर्ता पठाउने नै थियो,” प्रधानमन्त्रीले भने।
र एएपिको फ्याक्टचेकले यो पनि पत्ता लगायो कि अल्बनिजीले गरेको दाबी झुटो थियो।
तत्कालीन समयमा गठबन्धनका नीति एवम् कार्ययोजनाहरु हेर्ने हो भने अवैध रूपमा आउने डुङ्गाहरूलाई फिर्ता पठाउने नीति चुनाव अघि नै रहेको देखिन्छ।
उदाहरणका लागि सार्वभौम सीमा नीति शीर्षकको सन् २०१३ को कागजातलाई हेर्ने हो भने गठबन्धनले डुङ्गाहरू फिर्ता गर्ने नीति लिएको स्पष्ट देखिन्छ।
मेडलिन ग्लिसन, युनिभर्सिटी अफ न्यु साउथ वेल्स अन्तर्गतको काल्डर सेन्टर अफ इन्टरनेशनल रिफ्युजी ल कि वरिष्ठ अनुसन्धानकर्ता हुन्।
उनी भन्छिन् कि तत्कालीन समयमा गठबन्धनले डुङ्गाहरू फिर्ता गर्ने नीति लिएको थियो।
तर ग्लिसन भन्छिन कि डुङ्गाहरू फिर्ता गर्ने नीतिका बारेमा व्याख्या गर्नु अघि केही कुरामा ध्यान पुर्याउनु पर्छ।
“एउटा पार्टीले कुनै खास समयमा कुनै एक नीतिलाई समर्थन गर्यो या गरेन भन्दा पनि शरण दिने जस्ता नीतिहरू जटिल हुन्छन् र यसका लागि दुवै पक्षको समर्थन चाहिन्छ,” ग्लिसन भन्छिन्।
उनका अनुसार अर्को दलबाट समर्थन पाउन पनि कहिलेकाहीँ दलहरुले नीतिहरूमा आफ्नो स्थिति परिवर्तन गर्दछन्।