स्थानीय मिल पार्क संसदीय क्षेत्रलाई भिक्टोरियाली संसद्मा प्रतिनिधित्व गर्नुका साथै राज्यको वातावरण, ऊर्जा तथा जलवायु परिवर्तन मन्त्रालय हेर्ने मन्त्री लिली डी'एम्ब्रोजियोको प्रमुख आतिथ्यमा हुने भनी बताइएको छ।
उक्त कार्यक्रममा स्थानीय कलाकारहरूले गीत सङ्गीत प्रस्तुत गर्ने एवं अस्ट्रेलिया भ्रमणमा रहनु भएका अभिभावकहरू तथा बालबालिकाका लागि विशेष आकर्षणहरूको तयारी समेत रहेको आयोजकले एसबीएस नेपाली बताएका छन्।
यसै सम्बन्धमा एप्पिंग वलर्ट नेपाली सामुदायिक संस्थाका एक अधिकारी क्रिशोल पौडेलसँग हामीले गरेको कुराकानी।