अन्तीम राजाको श्रीपेच संग्राहलयमा र भारतले तोड्यो हवाई रुटको बाचा: गत ७ दिन नेपालमा

Crown worn by Nepal's last Shah dynasty King has been put on display in Kathmandu's Narayanhiti Palace Museum.

Crown worn by Nepal's last Shah dynasty King has been put on display in Kathmandu's Narayanhiti Palace Museum. Source: RSS

शाह बंशको अन्तिम राजाले लगाएका श्रीपेच नारायणहिटी दरबार संग्रहालयमा सार्वजनिक र नेपालाई चारवटा नयाँ हवाई रुट दिने भनी गरेको बाचा सैन्य सुरक्षाको कारण देखाउदै भारतले तोड्यो। गत ७ दिन नेपालमा घटेका केहि मुख्य समाचार।


श्रीपेच अब संग्राहलयमा

शाह बंशको अन्तिम राजाले लगाएका श्रीपेच यहि साता देखि नारायणहिटी दरबार संग्रहालयमा राखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले  संग्रहालयमा प्रदर्शनका लागि राखिएको उक्त श्रीपेचको सोमवार उद्घाटन गरेका हुन्। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले श्रीपेच प्रदशर्नमा आउनु ऐतेहासीक क्षण रहेको बताए।

श्रीपेच, राजदण्ड, टायरा लगायत अन्य सामाग्री पनि पहिलो पटक सर्वसाधारणले हेर्न मिल्ने गरी उक्त संग्राहलयमा राखिएको छ। नारायणहिटी राजदरवारलाई संग्राहलयमा परिणत गरिएको करिब एक दशकपछि नयाँ व्यवस्थाका ११औं प्रधानमन्त्री ओलीले राजतन्त्रको महत्वपूर्ण चीनो मानिएको श्रीपेच सर्वसाधरणले संग्राहलयमा हेर्न पाउने गरी उद्घाटन गरेका हुन्।

राजपरिवारसंग जोडिएका थुप्रै सामान संग्राहलयले प्रदर्शनीमा ल्याएपनि श्रीपेचको सुरक्षाको चाँजोपाँजो मिलाउन निकै समय लागेको नारायणहिटी दरबार संग्राहलयका प्रमुख अद्व्यत प्रकाश श्रेष्ठले बताए। उनले भने,"यस्ता बहुमुल्य समाग्री सबैका लागि खोल्दा यसको सुरक्षाको बन्दोबस्त मिलाउनु पर्ने हुन्छ। त्यसैले समय लागेको हो। हामीले अहिले यी सामाग्रीको सुरक्षाका लागि सन्सर लगायतका करिब सात थरी सुरक्षा प्रणाली अपनाएका छौं।"
श्रीपेच, राजदण्ड, टायरा लगायत अन्य सामाग्री पनि पहिलो पटक सर्वसाधारणले हेर्न मिल्ने गरी उक्त संग्राहलयमा राखिएको छ।
उक्त श्रीपेच शाहबंशका राजा राजेन्द्र विर विक्रम शाहाको का पालो देखि लगाउन थालिएको बताइन्छ। त्यसको विशेषता भनेको अष्ट्रेलियामा मात्र पाउने दुर्लभ चरा बर्ड अफ प्याराडाइसको प्वाङ्क श्रीपेचमा राखिनु पनि रहेको  बताइन्छ।

यसका साथै श्रीपेचमा ७ सयभन्दा बढी हिराका दाना र थुप्रै मोती, पन्ना र माणीक रहेको संग्राहलयका अधिकारीहरुले बताएका छन्।

तत्कालिन राजा ज्ञानेन्द्रले नारायणहिटी दरबारबाट उनको अन्तिम सम्बोधन दिने क्रममा ‘शाहवंशको विरासतको रुपमा रहेको श्रीपेच र राजदण्ड आजकै मितिमा नेपाल सरकारको जिम्मामा रहने गरी मैले हस्तान्तरण गरेको छू,’ भनेका थिए। त्यसयता श्रीपेच संग्राहलयको जिम्मामा रहेको थियो।   

भारतले सम्झौता अनुरुष थप हवाई रुट नदिने

सैन्य सुरक्षाको कारण देखाउँदै भारतले नेपालाई चारवटा नयाँ हवाई रुट दिने भनी गरेको सहमतिबाट पछि हटेको अधिकारीहरुले बताएका छन्। महिनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बैशाखमा गरेको नेपाल भ्रमणमा भारतले थप चारवाट हवाई रुट दिने सहमति भएको थियो।

त्यसो करिब डेढ महिना पछि नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुले उनीहरुका भारतीय समकक्षीसंग उक्त विषयमा सम्झौता गरेका थिए। तर सम्झौता गरेको चार महिना नपुग्दै भारत भारतले सम्झौता कार्यान्वयन गर्न नसकिने बताएको नेपाली अधिकारीहरुले बताएका छन्।
हाल युरोप र मध्यपूर्व लगायतका मुलुकबाट नेपाल आउने विमानलाई काठमाण्डूमा अवतरण गर्न सिमराबाट मात्रै प्रवेश गर्नुपर्ने बाध्यता छ।
यहि साता प्रस्तावित हवाई रुट सञ्चालनको बारेमा निश्कर्ष निकाल्न नेपाली अधिकारीहरु नयाँ दिल्ली पुगेका थिए। तर उक्त विषयमा सहमति हुन नसकेको बैठकमा सहभागी अधिकारीहरुले बताएका हुन्। वार्तामा सहभागी एक अधिकारीले भने।

नेपालले मागेका हवाई रुटमुनि भारतको सैनिक क्याम्प रहेको र ती रुटमा हवाई चाप पनि बढ्दै गएकोले अनुमति दिन नसकिने भारतले जनाएको नेपाली अधिकारीहरुले बताएका छन्।

हाल युरोप र मध्यपूर्व लगायतका मुलुकबाट नेपाल आउने विमानलाई काठमाण्डूमा अवतरण गर्न सिमराबाट मात्रै प्रवेश गर्नुपर्ने बाध्यता छ।

यस्तै पोखरा र भैरहवामा अन्तराष्ट्रिय विमानस्थलको निर्माणको कामा सुरु भइसकेको छ। साथै निजगढमा दोस्रो अन्तराष्ट्रिय विमानस्थल बनाउने प्रक्रिया अगाडि बढेको छ। यो अवस्थामा नेपाललाई नयाँ हवाई रुटको आवश्यकता झनै बढैदै गएको अधिकारीहरुले बताएका छन्।
Children on swing in Nepal during Dashain festival.
Children on swing in Nepal during Dashain festival. Source: Supplied
राष्ट्रपतिद्वारा शुभकामाना सन्देश

दशैंको अवसरमा राष्ट्रपती, प्रधानमन्त्री लगायत प्रतिपक्षी दलका नेताहरुले जनताको नाममा सुभकामना सन्देश दिएका छन्। दशैंको टिकाको दिन शुभकामना दिँदै राष्ट्रपटि विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुमकामना व्यक्त गरिन्। बडँदशैंको सामाजिक एकता, आपस सद्भाव र आत्मिय भ्रातृत्व अभिवृद्धिमा ठूलो मद्दत पुग्ने विश्वास राषट्रपतिले गरेकी छिन्।

बडादशैँले सामाजिक एकता, आपसी सद्भाव र आत्मीय भ्रातृत्व अभिवृद्धिमा ठूलो मद्दत पुग्ने विश्वास राष्ट्रपतिले व्यक्त गर्नुभएको छ । 

यसतै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार समृबद्ध नेपाल र सुखी नेपाली बनाउने अभियानमा लागेको र सरकारयो अभियानमा सबै देशबासीलाई  लाग्न आहवान गरेका छन्।

यस्तै प्रमुख प्रतिपक्षी दिलका नेपाली काँग्रेसका सभापति एवं पूर्व प्राधनमन्त्री शेरबहादुर देउवाले उनको शुभकामना सन्देशमा एकता, मेलमिलाप र सद्भावका रुपमा मनाइने विजया दशमी पर्वले हामी बीचमा केहि मतभेदहरु छन्भन् तिनिहरुलाई बिर्सेर देशको सर्वाङ्गिण हितमा संलग्न हुने पर्वको रपमा ग्रहण गर्न सके यसकव महत्व अझ बढ्ने बताएका छन्।

साथै नेपाल कम्युनिष्ट पार्टि (नेकपा)का एक जना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालीको उत्तरोत्तर प्रगति तथा समृद्ध जीवनका लागि शुभकानमा दिएका छन्। 


Share