नेपाल फेस्टिभल एडिलेड सन् २०२३: "अस्ट्रेलियामा जन्मिएकाहरूका लागि पनि यस्ता महोत्सव महत्त्वपूर्ण छ"

Nepal Festival 2023b.jpeg

Source: SBS / Indra Adhikari

साउथ अस्ट्रेलियामा चार वर्ष पछि आयोजना गरिएको नेपाल फेस्टिभल एडिलेड सन् २०२३, नेपाली संस्कृति र नेपाली खानाको प्रचार गर्दै सम्पन्न भएको छ।


नेपालको सांस्कृतिक, सामाजिक र भौगोलिक झल्को दिने नेपाल हाउस गैर नेपाली पाहुनाको लागि प्रमुख आकर्षण थियो ।
Nepal Festival Adelaide 2023.jpeg
Source: SBS / Indra Adhikari

शनिवार आयोजित उक्त कार्यक्रमको साँझतिर नेपाली कलाकारहरू प्रकाश सपुत, प्रीति आले, विक्रम बराल आदिले माहोल तताएका थिए भने फायरवर्क्सले फेस्टिभलमा रौनक थपेको थियो ।
Nepal Festival Adelaide 2023.jpeg
Source: SBS / Indra Adhikari
बालबालिकाहरू विशेष गरी नेपाली खाना र नाचगान हेर्न बढी झुम्मिएको देखिन्थ्यो ।
Nepal Festival Adelaide 2023.jpeg
Source: SBS / Indra Adhikari
नेपाल फेस्टिभल जस्ता कार्यक्रमहरूले अस्ट्रेलियामा जन्मिएको पुस्तालाई पनि नेपाली संस्कृति जान्न सहज बनाउने उपस्थित केहीले एसबीएस नेपालीलाई बताए ।
LISTEN TO
nepali_100323_SANepalFestival image

पुरा कुराकानी सुन्नुहोस्

06:57
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share