मानसिक स्वास्थ्यका कारण आष्ट्रेलियामा थुप्रै मानिसको जीवनमा प्रत्यक्ष वा अप्रत्यक्ष असर परिरहेको छ।
अझ कोरोना महामारीको आगमन पछि त यो झन् ठुलो समस्याको रूपमा देखा परेको छ।
आप्रवासीका रूपमा अस्ट्रेलिया आएका मानिसहरू वा विद्यार्थी भिसामा रहेकाहरू माझ कोभिड-१९ का कारण अझै बढी मानसिक तनाव वा असर परेको देखिन्छ।
विशेष गरी नयाँ देश र परिवेशमा घुलमिल हुन, काम खोज्न जस्ता सबै किसिमका जिम्मेवारी आफैले निर्वाह गर्नुपर्ने भएकाले मानिसमा तनाव बढ्दै जाने र मानसिक रोगले घर बसाउने अध्ययनहरूले देखाएका छन्।कतिपय विद्यार्थीहरुमा आर्थिक कारणले तनाव बढ्दै जाने र त्यसले मानसिक रोगकाे रूप लिने स्थिति समेत सिर्जना हुन सक्छ ।
Bharat Nepal and participants at a Mental Health First Aid Training Source: Supplied
यी र यस्तै कारणले नेपाली समुदायमा तनावले मानसिक रोगको विकास नहोस् भन्ने उद्देश्यले विभिन्न संस्थाहरुको पहलमा अस्ट्रेलियामा रहेका नेपाली आप्रवासी एवम् विद्यार्थीहरुलाई बेला बेलामा मानसिक स्वास्थ्य सम्बन्धी तालिम प्रदान गरिँदै आइएको छ ।
यसैको सेरोफेरोमा मानसिक स्वास्थ्य सम्बन्धी तालिममा निकै लामो समयदेखि सक्रिय रहँदै सिड्नी लोकल पब्लिक हेल्थमा लामो अनुभव आर्जन गर्नु भएका भरत नेपालसँग, नेपालीहरूको पछिल्लो मानसिक अवस्था र उहाँले दिँदै आउनु भएको तालिमका सम्बन्धमा गरिएको कुराकानी।
नेपालसँग गरिएको कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरको स्पिकर आइकन थिच्नुहोस्।