प्रेरणा मल्ल 'काका' ८ वर्ष भयो अस्ट्रेलिया आएको, पेसाले उनी पीटीइ पढाउँछिन्।
बास्केटबल आफ्नो पहिलो प्रेम भएको बताउने प्रेरणा १३ वर्षको उमेरदेखि यसमा रमाउँदै आइरहेकी छन्।
पहिलो पटक तालिममा गएपछि, उनलाई बास्केटबलको नशाले कहिल्यै छाडेन र उनको निरन्तरता अस्ट्रेलिया आएर पनि चलिरहेको छ।
“अरू काम गर्न भ्याइँदैन की भनेर धेरै चोटि सन्यास लिन कोसिस गरेँ तर र्स्पोट्स भनेको त्यस्तै हुँदो रै'छ,” उनले भनिन्।
यु कम ब्याक टु इट!प्रेरणा मल्ल
याङ्गछी उमेरले १५ वर्ष पुगिन्, उनले ८ वर्षदेखि तेक्वान्दो खेल्न सुरु गरेकी हुन्।
अहिले कक्षा १० मा पढ्दै गरेकी याङ्गछीले प्रशिक्षण समेत दिने गरेकी छन्।
विद्यालय शिक्षाको अन्तिम केही वर्षमा रहेकी याङ्गछीले के पढाइसँगै तेक्वान्दोलाई पनि सँगसँगै लिएर जालिन्? पोडकास्टको पुरा भाग सुन्नुहोस्।
पोड्कास्ट वा तपाइको रोजाइको पोड्कास्ट वा एपलाई फलो गरेर सुन्न सक्नु हुनेछ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।