नेपाली समुदायको बाक्लो बसोबास रहेको सिड्नीको पश्चिमी सर्वब अबर्न स्थित कम्यूनीटी हलमा शनिवार बिहान दुई दर्जन भन्दा बढी बालबालिका नेपाली गीतमा कम्मर हल्लाउँदै गरेका भेटिन्छन् ।
राजेन्द्र रिजाल चार वर्ष र ७ वर्षका आफ्ना दुई सन्तान लिएर प्रत्येक शनिवार नृत्य कक्षामा पुग्ने गरेका छन् ।
“नेपाल सँगको सम्बन्ध कायम गर्नका लागि पनि नेपाली भाषा र संस्कृतिको ज्ञान आवश्यक पर्ने भएकाले छोरा छोरीलाई लिएर आएको हु ।” उनले एस बि एस सँग भने ।अर्की अभिभावक सुशीला अधिकारी आफ्नो छोरीलाई नृत्य सिकाउन लिएर आएपछि उसमा परिवर्तन आएको देखेको बताउँछिन् ।
Source: krishna pokhrel
“अहिले नेपाली गीतहरू बज्दा सुन्न खोज्छ,टेलिभिजनमा नेपाली कार्यक्रम लगाउँदा पनि उत्सुकताका साथ हेर्ने गरेको छ ।” उनले भनिन् ।
स्याहार केन्द्र र विद्यालय जान सुरु भए सँगै बालबालिकाले नेपाली भाषा र संस्कृति बिर्सँदै जाने भएकाले नेपाली भाषाको निरन्तरताका लागि भाषा र संस्कृति सम्बन्धी तालिमका लागि ल्याउने गरेको अधिकास अभिभावकहरूले बताएका छन् ।
यो पनि पढ्नुहोस
सगरमाथा अझै अग्लो
नेपाली कला संस्कृति र साहित्यिक प्रतिष्ठानको संयोजनमा विगत केही वर्ष देखि नेपाली भाषा र संस्कृतिको प्रबन्धनको लागि यसरी नृत्य कक्षा सञ्चालन हुने गरेको आयोजकले बताए ।
५ वर्ष देखि १३ वर्ष सम्मका बालबालिका उक्त नृत्य कक्षामा सामेल हुन सक्ने नृत्य प्रशिक्षक सञ्जीव बस्नेतले बताए ।“घरमा आई प्याड र मोबाइलमा मात्र झुन्डिने बाबलबालिकाहरुले यहाँ आएर भाषा र संस्कृति सिक्दा अभिभावकहरू पनि निकै खुसी हुनुहुन्छ” उनले भने ।
Source: krishna pokhrel
बालबालिका लिएर आउँदा कतिपय अभिभावक पनि नृत्य कक्षामा सामेल हुने गरेका छन् ।
यो पनि पढ्नुहोस
“कुनै पनि आमाले आफ्ना सन्तानले आत्महत्या गरेको सुन्नुनपरोस”