नेपालमा भइरहेका उच्च स्तरीय अमेरिकी भ्रमणहरूमध्ये यो पछिल्लो हो।
यस अघि पनि गत एक वर्ष भित्रमा अमेरिकी मन्त्री डोनाल्ड लु, सिनेटर कर्स्टिन गिलिब्राण्डको नेतृत्वमा पाँच जना सांसदहरू लगायतका उच्च पदाधिकारीको भ्रमण भइसकेको छ।
नेपालमा पछिल्लो समयमा बढ्दो अमेरिकी चासोका बारेमा त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धका अध्यापक खड्ग केसीसँग कुराकानी गरेका छौँ।
Source: Khadga KC/ facebook
विश्व शक्ति सम्बन्ध फेरिँदै गएको अवस्थामा अमेरिकाले उदयमान शक्ति राष्ट्र चीनलाई आफ्नो प्रतिस्पर्धी ठानेको र चीनसँग नजिक रहेका देशमा आफ्नो प्रभाव विस्तार गर्न खोजेकाले नेपालमा अमेरिकाको चासो बढेको केसीले बताएका छन्।
खड्ग केसीसँगको पुरा कुराकानी सुन्नुहोस्: नेपालमा बढ्दो अमेरिकी चासो हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।