गत सात दिन नेपालमा: विश्वकप प्रवेश गरेको क्रिकेट टोलीलाई नगद पुरस्कार र रामसहाय प्रसाद यादव उपराष्ट्रपति

Nepal's Prime Minister Pushpa Kamal Dahal (Prachanda) with national cricket team players at Tribhuvan university playground. Source: Facebook / /Cricket Association of Nepal-CAN/SAJAN

Nepal's Prime Minister Pushpa Kamal Dahal (Prachanda) with national cricket team players at Tribhuvan university playground. Source: Facebook / /Cricket Association of Nepal-CAN/SAJAN

सरकारले विश्वकप छनोटमा प्रवेश गरेको राष्ट्रिय क्रिकेट टोलीलाई सम्मान गर्दै जनही ३ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ। यससँगै पछिल्ला सात दिनका नेपालका प्रमुख समाचार सुन्नुहोस्।


विश्वकप छनोट प्रवेश गरेको क्रिकेट टोलीलाई नगद पुरस्कार

सरकारले विश्वकप छनोटमा प्रवेश गरेको राष्ट्रिय क्रिकेट टोलीलाई नगद पुरस्कार दिने घोषणा गरेको छ।

राष्ट्रिय टोलीलाई सम्मान गर्दै शुक्रवार बालुवाटारमा प्रधानमन्त्री पुष्पककमल दाहाल प्रचण्डले क्रिकेट टोलीका खेलाडीलाई जनही ३ लाख रुपैयाँ पुरस्कार दिने बताएका हुन्। उनले राष्ट्रिय टिमको प्रदर्शनले देशको गौरव बढाएको पनि बताए।

यस्तै प्रधानमन्त्रीले त्रिभुवन विश्वविद्यालयको मैदानमा फ्लडलाइट, आधुनिक स्कोर बोर्ड लगायत सामाग्री जडान गर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएका छन्।

नेपाली राष्ट्रिय क्रिकेट टोली इतिहास रच्दै बिहीबार विश्वकप छनोटमा प्रवेश गरेको छ।

केही समय अघि एक दिवसीय मान्यता जोगाउन सङ्घर्ष गरिरहेको राष्ट्रिय क्रिकेट टोलीले पछिल्लो १२ खेलमा ११ जित हात पर्दै विश्वकप छनोटमा आफ्नो स्थान पक्का गर्न सफल भएको हो।

बिहीबारको खेल अघि नै एक दिवसीय मान्यता जोगाउन सफल भएको नेपाल आइसिसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेल जित्न सके सिधै विश्वकप छनोटमा पुग्ने अवसर थियो।

उत्कृष्ट तीन टोली मात्र विश्वकप छनोट चरणमा प्रवेश गर्ने नियम भएकाले नेपालले उक्त सुनौलो अवसर पाउनका लागि त्रिकोणात्मक सिरिजको अन्तिम खेल जित्नै पर्ने अवस्था रहेको थियो।

घरेलु समर्थकले भरिभराउ त्रिभुवन विश्वविद्यालयको खेलमैदानमा नेपाललाई युएईले ३११ रनको लक्ष्य दिएको थियो।

उक्त रन पछ्याइरहेको घरेलु टोलीले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाएर खेलिरहेको बेला खराब प्रकाशका कारण खेल रोकिएको थियो र खेलको निर्णय डिएल मेथडद्वारा गरिएको हो।

नेपालले युएई विरुद्धको सो महत्त्वपूर्ण खेलमा ९ रनको जित हात पार्दै इतिहास बनाउन सफल भएको हो। विशाल लक्ष्य पछ्याएको नेपालको सुरुवात भने राम्रो हुन सकेन।

तर भीम सार्की, आरिफ शेख, गुल्झन झा र कुशल भुर्तेलको अर्धशतकले नेपाल खेलमा फर्केको हो।
रिपोर्ट सुन्नुहोस्।
nepali_200323_nepalreport.mp3 image

विश्वकप छनोट प्रवेश गरेको क्रिकेट टोलीलाई नगद पुरस्कार

11:29
युएईका लागि आसिफ खानले शतक प्रहार गरेका थिए।

उनले ४२ बलमा नकआउट १०१ रन बनाएका हुन्। उक्त जितसँगै नेपाल ४० अङ्क सहित लिगको तेस्रो स्थानमा उक्लिएको हो।

यस अघि ३९ अङ्क सहित नामिबिया तेस्रो स्थानमा रहेको थियो।

खेलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपालका प्रशिक्षक मोन्टी देसायीले क्रिसमा टिकिरहे उक्त विशाल योगफल पछ्याउन सक्नेमा आफू विश्वस्त रहको बताए।

उनले कप्तान रोहित पौडेलको पनि निकै प्रशंसा गरे।

कप्तान पौडेलले पछिल्ला खेलहरूमा राम्रो प्रदर्शन गरेका कारण ठुलो रन पछ्याएपछि जित निकाल्न सक्ने विश्वास रहेको बताए।

'युएई बलियो टोली हो र आज उसले राम्रो प्रदर्शन गर्‍यो। पछिल्लो खेलमा राम्रो प्रदर्शन गरेका कारण हामी विश्वस्त थियौँ कि हामी जित्न सक्छौँ भनेर,' रोहितले भने।

"कुशल, आरिफ लगायत चार जनाले अर्धशत बनाए राम्रो खेले।"


राष्ट्रपति पौडेलले सुरु गरे कार्यकाल

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार पदभार ग्रहण गरेका छन्।

कायममुकायम प्रधानमन्त्री हरिकृष्ण कार्कीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै पौडेलले आफ्नो पाँच वर्षे कार्यकाल औपचारिक रूपमा सुरु गरेका हुन्।

फागुन २५ गते भएको राष्ट्रपतिको निर्वाचन मार्फत उनी विजयी भएका थिए।

रामवरण यादव र विद्यादेवी भण्डारी पछि उनी नेपालको राष्ट्रपति हुने तेस्रो व्यक्ति हुन्।

दोस्रो राष्ट्रपति भण्डारी चाहिँ संविधान जारी भएपछि पुनः राष्ट्रपति निर्वाचित भएकी थिइन्।
NEPAL ELECTIONS
epa10511494 (L-R) Nepal's Prime Minister Pushpa Kamal Dahal, Nepali Congress party senior leader Ram Chandra Poudel and Nepali Congress party President Shre Bhadur Deuba react after Chandra Poudel was elected as Nepal's third president, in Kathmandu, Nepal, 09 March 2023. Ram Chandra Poudel won the vote of 214 MPs and 352 provincial assembly members. EPA/NARENDRA SHRESTHA Source: EPA / NARENDRA SHRESTHA/EPA
राम सहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित

जनता समाजवादी पार्टीका (जसपा) उम्मेदवार राम सहाय प्रसाद यादव शुक्रवार उपराष्ट्रपति निर्वाचित भएका छन्।

उपराष्ट्रपतिमा नेकपा एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झाले पनि उम्मेदवारी दिएका थिए।

यादवले ३० हजार ३२८ मतभारका ल्याउँदै उपराष्ट्रपति निर्वाचित भएका हुन्। यस्तै नेकपा एमालेकी उम्मेदवार शाक्यले १६ हजार ३२८ मत भार प्राप्त गरिन् भने जनमतकी उम्मेदवार झाले २ हजार ३३७ मत भार ल्याइन्।

यादवलाई नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत दलले समर्थन गरेका थिए।

उपराष्ट्रपति निर्वाचनका लागि सुरुमा चार जनाले उम्मेदवारी दिएका थिए।

जसपाकी राष्ट्रियसभा सदस्य प्रमीला कुमारी यादवको पनि उम्मेदवारी परेको थियो।

राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्गको हुनुपर्ने निर्वाचन आयोगको सूचनाका कारण प्रमीला कुमारीको पनि उम्मेदवारी परेको बताइएको थियो।

तर पछि प्रमीला कुमारीले आफ्नो उम्मेदवारी फिर्ता लिएकी थिइन् र यादवलाई आफ्नो समर्थन रहेको घोषणा गरेकी थिइन्।

गठबन्धनकै अर्को दल जनमतले पनि भद्र प्रतिस्पर्धा गर्ने भन्दै झुलाई उम्मेदवार बनाए।
Ramsahay Prasad Yadav.jpg
Source: Facebook / Ramsahay Prasad Yadav
माओवादी धारका पार्टीहरूले निकाले संयुक्त अपिल

माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड विरुद्ध जनयुद्धको विषयलाई लिएर सर्वोच्च अदालतमा मुद्दा चलेपछि माओवादी धारका दलहरूले सङ्क्रमणकालीन न्यायका सम्बन्धमा चलिरहेका चर्चाप्रति आपत्ति जनाएका छन्।

माओवादी धारका नौ दलले एक संयुक्त पत्रकार सम्मेलन गरे र संक्रमकालीन न्यायका सम्बन्धमा चलिरहेका चर्चाहरूप्रति आपत्ति जनाए।

यस्तै संयुक्त अपिल मार्फत उनीहरूले शान्ति प्रकियाका बाँकी काम पूरा गर्न अविलम्ब आवश्यक कानुन बनाउन पनि सरकारसँग अपिल गरेका छन्।

उनीहरूले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित सबै मुद्धाहरु सत्यनिरुषण तथा मेलमिलाप आयोग मार्फत गर्न पनि अनुरोध गरेका छन्।


फुटबल खेलाडीको बिदाइ

अखिल नेपाल फुटबल सङ्घले साफ यू-१७ महिला फुटबलमा प्रतिस्पर्धा गर्ने नेपाली टोलीलाई शुक्रवार बिदाइ गरेको छ।

बङ्गलादेशको राजधानी ढाकामा हुने उक्त प्रतियोगितामा आयोजक बङ्गलादेश सहित नेपाल, भारत, भुटानले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिता मार्च २० देखि सुरु हुँदैछ।

नेपालले सोही दिन भारतसँग प्रतिस्पर्धा गर्नेछ। राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्ने छ।
Nepali football player Rohit Chand
Japan's Kouta Watanabe (R) vies for the ball with Nepal's Rohit Chand at the 2018 Asian Games on August 14, 2018. (ARIEF BAGUS/AFP/Getty Images) Source: AFP
रसायनीक मलको अनुदान कटौती विरुद्ध आन्दोलन

रासायनिक मलमा दिइँदै आएको अनुदान कटौती गर्ने सरकारको निर्णय विरुद्ध आन्दोलन गर्ने किसानहरूले बताएका छन्।

उक्त निर्णयको विरुद्ध किसानको हकहितसँग सम्बन्धित विभिन्न सङ्घ, सङ्गठनहरूले आपत्ति जनाएका छन् र सरकारलाई उक्त निर्णय फिर्ता लिन माग गर्दै दबाब स्वरूप आन्दोलन गर्ने घोषणा गरेका छन्।

फागुन २६ गते सरकारले रासायनिक मलमा दिइँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो।

उक्त निर्णयको विरोध गर्दै बुधवार नेपाली काँग्रेस, एमाले, राप्रपा सहितका किसान सङ्घ संठनहरुले संयुक्त पत्रकार सम्मेलन गरी सरकारलाई उक्त निर्णय फिर्ता गर्न माग गरेका छन्।

उक्त निर्णय फिर्ता नभए देशव्यापी रूपमा आन्दोलन गर्ने चेतावनी दिइएको छ।

"किसानले पाउँदै गरेको अनुदान फिर्ता होस् भन्ने हाम्रो माग हो नत्र हामी आन्दोलनमा उत्री सकेका छौँ,'' पत्रकार सम्मेलनमा अखिल नेपाल किसान महासङ्घका अध्यक्षले भने।

"मल कारखाना स्थापना गर्ने निर्णय तत्काल कार्यान्वयनमा ल्याउन पनि हामी सरकारलाई सचेत गराउन चाहन्छौ।"


प्रधानमन्त्रीको ट्विटर अकाउन्ट ह्याक

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आधिकारिक ट्विटर अकाउन्ट पीएमओ यो साता केही समयका ह्याक भएको बुझिएको छ।

प्रधानमन्त्री कार्यालयको आधिकारिक ट्विटर अकाउन्ट ह्याक गरेर असान्दर्भिक पोस्टहरू रिट्विट भएका थिए।

प्रधानमन्त्रीका आइटी अधिकारीहरूले ट्विटर अकाउन्ट फिर्ता लिएको बिहीबार बताए। यसका साथै ती असान्दर्भिक पोस्टहरू पनि हटाइएको थियो।

गत महिना नेपाल सरकार अन्तर्गतका सबै वेबसाइटहरू एकै पटक ह्याक भएका थिए।

जसका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको काममा पनि बाधा पुगेको थियो र घण्टौँसम्म यात्रुहरूले कुर्न परेको थियो।

Share