कुराकानीका मुख्य विषयहरू:
- उपलब्ध जानकारीलाई हेर्दा सङ्घीय बजेटबाट सबैभन्दा धेरै फाइदा कसलाई पुग्ने जस्तो देखिन्छ?
- रिजर्भ ब्याङ्कले यस महिना ब्याजदर यथावत् राखे पनि के आगामी महिनामा ब्याजदर घट्ने कुनै सम्भावना छ?
- अस्ट्रेलियाका प्रमुख शहरहरू मध्ये पर्थ र एडिलेड घरजग्गा बजारमा धेरै चासो राखिएका स्थान बनेका छन्, सिड्नी र मेलबर्नलाई चाहिँ कत्तिको रुचाइएको छ?
- 'रिभर्स मार्केटिङ ट्रिक' भनेको के हो र ब्याङ्कहरूले यो अनुसरण गर्ने गर्छन्?
के आगामी महिना प्रसारण हुने शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू , , मार्फत वा गरेर पठाउन पनि सक्नुहुनेछ।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।