नेपालमा क्रिसमस: "परिस्थितिको कारणले भोजभतेर गरेनौँ, शुभकामना आदानप्रदान चाहिँ गर्‍यौँ"

Christmas EVE Celebrated in Nepal

Christmas Eve special holy Mass and prayers at Catholic Assumption Church in Lalitpur, Nepal in 2017. (Photo by Narayan Maharjan/NurPhoto via Getty Images) Source: Getty

नेपालका रहेका १.४ % इसाई धर्मावलम्बीले यस हफ्ता क्रिसमस मनाए तर कोभिड-१९ का कारण पहिलेका वर्षहरु झैँ खुलेर पर्ब मनाउन नपाएको उनीहरुको गुनासो छ।


यस हप्ता विश्वभरिका इसाई धर्मावलम्बीले झैँ नेपालमा पनि मानिसहरूले क्रिसमस मनाएका छन्।

सन् २०११ को जनगणना अनुसार नेपालका १.४ % मानिस इसाई छन्।

तर त्यसपछिका विभिन्न अध्ययन र सर्वेक्षणले नेपालमा इसाई धर्मावलम्बीको सङ्ख्या बढिरहेको देखाएका छन्।

नेपालमा इसाईहरूले मात्र नभएर अरूले पनि क्रिसमसको बेलामा रमाइलो गर्ने चलन बढिरहेको छ।

सान्टा क्लसको भेसभुसामा धेरै मानिस देखिन्छन् भने क्रिसमसका लागि विभिन्न मल, रेस्टुरेन्ट र व्यवसायले छूट र पार्टी जस्ता कार्यक्रम राख्ने गरेका छन्।

पूरा रिपोर्ट यहाँ सुन्नुहोस्:
LISTEN TO
Christmas in Nepal: Covid-19 clouds celebrations for the second year image

नेपालमा क्रिसमस: "परिस्थितिको कारणले भोजभतेर गरेनौँ, शुभकामना आदानप्रदान चाहिँ गर्‍यौँ"

SBS Nepali

30/12/202110:24
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न 

यसै सन्दर्भमा संबाददाता सेवा भट्टराईले नेपालमा क्रिसमस मनाउने केही इसाई धर्मावलम्बी र मानव शास्त्री डम्बर चेम्जोङसँग कुराकानी गरेकी छन् ।

झापाकी सलोमी राईले घर नजिकैको बेतेल चर्चमा गएर प्रार्थना सेवा गरेकी छिन्।
गाउँमा त हामी चर्च गएर मनाउँथ्यौँ। यसपालि चाहिँ म काठमान्डुमा छु। हामीले परिस्थितिको कारणले भोजभतेर गरेनौँ, शुभकामना आदानप्रदान चाहिँ गर्‍यौँ
"बिहानै बालिकाबलिकाले भजन गाए भने दिउँसो युवाहरूले गीत गाउनेछन्," राईले भनिन् ।

त्यस्तै, अहिले काठमान्डुमा बस्ने वीरगन्जका दीपेश ठाकुरले आफ्नो परिवारमा इसाई धर्मको लामो इतिहास रहेको बताएका छन्।

"हामी क्रिसमस भन्दा चार हप्ता अगाडिदेखि नै प्रत्येक शनिवार चर्च जान्छौँ। त्यहाँ हामी आशा, खुसी, शान्ति र प्रेमको सन्देश पाउँछौँ। प्रभु यशुको जन्मबाट हाम्रो जीवनमा यो सब आएको छ,"

"यो प्रभुको जन्मदिन हो, वहाँले हाम्रो लागि आफ्नो ज्यान दिनुभयो भनेर ममा अर्कै खालको खुसी आउँछ। हामी क्रिसमसमा परिवार मिलेर यशुको कोक्रो बनाउँछौँ, घरको सानो मान्छेले त्यो कोक्रोमा प्रभुलाई राखेर स्वागत गर्नुहुन्छ। अनि हामी परिवार मिलेर गीत गाउँदै गफ गर्दै खाना खान्छौँ।"

धादिङकी कान्छी तामाङले कोभिड-१९ का कारणले यस वर्ष क्रिसमस मनाउन पाएकी छैनन्।
Nepalese Christian woman
A Nepalese Christian woman offers a candle light to the departed soul of her relatives on Christmas Eve at the Assumption Church in Lalitpur, Nepal. Source: EPA/Hemanta Shrestha
"गाउँमा त हामी चर्च गएर मनाउँथ्यौँ। यसपालि चाहिँ म काठमान्डुमा छु। हामीले परिस्थितिको कारणले भोजभतेर गरेनौँ, शुभकामना आदानप्रदान चाहिँ गर्‍यौँ।"

चन्द्रागिरिकी निशा बरुवालले भने साबिकझैँ रमाइलो गरेर क्रिसमस मनाएकी छिन्।
गाउँमा त हामी चर्च गएर मनाउँथ्यौँ। यसपालि चाहिँ म काठमान्डुमा छु। हामीले परिस्थितिको कारणले भोजभतेर गरेनौँ, शुभकामना आदानप्रदान चाहिँ गर्‍यौँ
"हाम्रो चर्चमा चाहिँ यो उत्सव जस्तो हुन्छ। हामी रमाइलो गरेर मनाउँछौँ। बालबालिका र युवाले गीत र नाच देखाउँछन् र हामी पार्टी जस्तो गर्छौँ।"

यसै क्रममा हामीले मानव शास्त्री डम्बर चेम्जोङलाई नेपालमा बढ्दो इसाई धर्मले समाजलाई कस्तो असर पारिरहेको छ भनेर सोधेका  थियौं ।

"इसाई धर्मावलम्बी नेपालमा बढिरहेका छन्, मानिसहरूको धार्मिक आस्था परिवर्तन भइरहेको छ। यसले कस्तो असर पार्छ भन्दा पनि किन यस्तो भयो भनेर बुझ्नु जरुरी हुन्छ," उनी भन्छन्।

भूमण्डलीकृत विश्व व्यवस्थामा यस्ता नयाँ विचार भित्रिनु सामान्य भएको उनी बताउँछन्।

"आर्थिक रूपले विपन्न, सामाजिक रूपले अवहेलित, राजनीतिक रूपले धेरै नै सीमान्तकृत समुदायले धेरैजसो इसाई धर्म अवलम्बन गर्दै गइरहेको देखिन्छ। यस बेलामा नेपालको प्रभुत्वशाली धर्मले सोच्नुपर्ने हुन्छ। संसारका धेरै ठाउँमा जात व्यवस्था छैन। तर नेपालमा छ। मान्छे नै चोखो र जुठो जात भनिन्छ। यस्ता कारण, र आर्थिक गरिबी जस्ता कारणले पनि धर्म परिवर्तन भएको होला जस्तो लाग्छ।"

सबैले यस्ता नयाँ चाडबाडमा रमाइलो गर्नुलाई चाहिँ सामान्य रूपमा लिन्छन् उनी। "हाम्रो आर्थिक क्षमता बढ्दै जाँदा हामी धेरै किसिमका संस्कृतिमा रमाइलो गर्नु स्वाभाविक हो," उनी भन्छन्।

Share