SBS Examines: के अस्ट्रेलियामा एन्टीसेमिटिजम् परिवर्तन हुँदैछ?

SOLIDARITY RALLY FOR ADASS ISRAEL SYNAGOGUE

MP David Southwick hugs a member of the Jewish community during a community solidarity rally following the arson attack on the Adass Israel Synagogue, Melbourne. Source: AAP / Diego Fedele/AAP Image

एन्टीसेमिटिजम् भनिने यहुदी मानिसहरूप्रतिको पूर्वाग्रह वा भेदभावका घटनाहरू नयाँ कुरा त होइन। तर विज्ञहरू भन्छन् कि जुन प्रकारले यहुदी विरोधी घटना र आक्रमणहरू हामीले अहिले देखिरहेका छौँ, अस्ट्रेलियामा यस्ता घटना पहिले कहिल्यै भएको थिएन।


अस्ट्रेलियामा यहुदी विरोधी घटनाहरू गत वर्षको तुलनामा तीन गुणाले बढेको ‘एक्जिक्युटिभ काउन्सिल अफ अस्ट्रेलियन जुरी’ भनिने अस्ट्रेलियन यहुदीहरूको कार्यकारी परिषद्को रिपोर्ट छ।

परिषद्का सह-कार्यकारी प्रमुख तथा को-सिइयो एलेक्स रिभचिन भन्छन् कि यहुदी समुदायले "थप दुर्व्यवहार, घृणा, बहिष्कार, अपमान अनुभव गरिरहेका छन् र यो यहुदी पहिचानसँग जोडिएको छ।"
यसमा कुनै सङ्कोच नै छैन कि यहाँ यस्ता किसिमका घृणाका घटना पहिले कहिल्यै देखिएको थिएन।
सेरा बेन्डेस्की रसियामा हुर्किएकी एक यहुदी महिला हुन् ।

उनी सन् २००८ मा अस्ट्रेलिया आएयता यस्ता यहुदी विरोधी घटना कहिल्यै देखेकी थिइनन्।

"सात अक्टोबर सन् २०२३, पछि त इजरेल विरोधी हुनु भनेको यहुदी मानिसहरू विरोधी बनेको छ।"
उनले भनिन् कि, उनको किशोरी छोरीलाई स्कुल जाने बाटोमा एक अपरिचित व्यक्तिले उनको अनुहारमै आएर हिल हिट्लर भनेर चिच्याउँदै नाजी सलाम गर्‍यो।

सेरा परोपकारी संस्था नामको खाद्य सुरक्षा च्यारिटी चलाउँछिन्, जसले समुदायमा खाना खुवाउने, बाँड्ने र ग्रोसरी पनि दिने गर्दछ।

उनीहरूको फुड ट्रकको पाङ्ग्राहरू रातीको समयमा प्वाल पारिदिने, र यसको अनलाइनमा “घृणाका कमेन्ट”ले भरिएका छन्।

“मेलबर्नको एक सामान्य सामाजिक क्याफे व्यापारीले भोका मानिसहरूलाई खुवाउनका लागी लगानी प्रयोग गरेका छन् उनीहरूको,इजरेल युद्धसँग के सरोकार हुन्छ र?” साराले बताइन्।

“यो एन्टीसेमिटिजम् हो। यो त एक बहाना मात्र हो।”

एसबीएस एक्जामिन्सको यस पोडकास्ट शृङ्खलामा एन्टीसेमिटिजम् भनेको के हो र यो परिवर्तन हुँदैछ त? भन्नेबारे बताइएको छ।

Share