एडिलेडको व्यापार केन्द्र मानिने चाइना टाउन स्थानीय खाना र मदिराका लागि प्रख्यात छ ।
तर ज्याकी चानले त्यहाँ खाना खान रुचाउँदैनन् र त्यहाँ नजाने उनी मात्र एक व्यक्ति होइनन् ।
एडीलेडमा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूको हितमा काम गर्नका गत अप्रिलदेखि उनले एक नयाँ अभियान थालेका छन् ।
उनी भन्छन् करिब ३ सय विद्यार्थीले आफ्नो तलब चोरी भएको अथवा ठगिएको गुनासो उनीसँग गरेका छन् ।एडिलेडको एक बबल टी शपमा एक अन्तर्राष्ट्रिय विद्यार्थीमाथी दुर्व्यवहार भएपछि यो विषयमा सबैको ध्यान केन्द्रित भएको छ ।
A wide shot showing an empty street in China Town, Adelaide. Source: AAP
उक्त घटनाको केही समयपछि पसलका सञ्चालकले आफूले उक्त विद्यार्थीलाई न्यूनतम ज्यालादर भन्दा आधा कम तलब दिँदै आएको स्विकारके थिए ।
चेन भन्छन् एडिलेडमा थोरै तलवम काम गराउनु सामान्य हो ।
फेयर वर्क ओमबुड्सम्यानले गत फेब्रुअरीमा न्यूनतम ज्याला दरमा १ दशमलव ७५ प्रतिशतको वृद्धि गरेको थियो ।
गत जुलाईलाई आधार मान्ने हो भने अस्ट्रेलियाको हालको न्यूनतम ज्यालादर १९ दशमलव ८४ डलर रहेको छ ।
हालै सङ्घीय सरकारले कामदारको तलब चोरी गर्ने कम्पनीहरूलाई ठुलो मात्रामा जरिवाना गर्ने बताएको छ ।नयाँ कानून अन्तर्गत कामदारलाई ठगी गर्नेहरूका हकमा चार वर्षको जेल सजाय वा १० लाख डलरसम्मको जरिमाना गरिने भएको छ ।
Casuals are paid a significant premium for the loss of leave rights. Source: AAP
हाल उक्त ववल शपमा फेयर वर्कले अनुसन्धान गरिरहेको छ ,तर अधिकारकर्मीहरूले भने नियमकहरुलाई अनुसन्धान गर्न थप सहयोग र पुर्वाधारहरुको आबश्यता पर्ने बताएका छन् ।
मेलर्वन विश्वबिद्यालयले तलब ठगी गर्नेहरूको सूचना राष्ट्रिय रूपमै उपलब्ध हुने गरी डाटा बेस निर्माण विद्यार्थीहरुलाई सहयोग गर्ने बताई रहेको छ ।
टिमोथी कारीयोटीस विश्वविद्यालय डिजिटल गभरमेन्टका शिक्षक हुन् साथै फेयर डे वर्क प्रोजेक्ट प्रमुख पनि हुन् ।
उनी नियामक सस्थाहरुले डेटाबेसको मद्धतद्धारा तलब ठगीमा संलग्नहरू कम्पनीहरूलाई केन्द्रमा राख्नु पर्ने बताउँछन् ।
जो रङगनाथन राष्ट्रिय विद्यार्थी युनियनका प्रमुख हुन् ।
उनी विश्वबिद्यालयहरुले कामदारको कानुनमा बारेमा जानकारी मूलक कक्षा सञ्चालन गर्नु पर्ने माग राख्छन् ।
यस कुरालाई चेन पनि स्विकार्छन् ।