बहुसास्कृतिक पुष्ठभुमीबाट आएका युवायुवती भिक्टोरियामा जातीय दुर्व्यवहारको सिकार भएको एक सर्वेक्षणले देखाएको छ ।
सर्वेक्षणमा सहभागी मध्ये करिब ६ प्रतिशतले दुर्व्यवहार परे पनि यसका बारेमा कहीँ कतै गुनासो नगरेको बताए भने आधा भन्दा बढीले यस्ता घटनाहरू बेवास्ता गर्ने बताए ।
भूतपूर्व अन्तर्राष्ट्रिय विद्यार्थी हश्विना बिमलाराजनलाई मेलर्वनमा महामारीको समयमा जीवन जिउनु निकै चुनौतीपूर्ण बन्यो । र यसको कारण थियो जातिवाद ।
"चौथो चरणको लकडाउनको बेला ट्र्याम बाट ओर्लँदै थिए एक मानिसले म सँग चर्को स्वरमा बोल्दै उनीहरूका लागि बाटो छाड्न आग्रह गर्यो जब कि उसको र मेरो बिचमा आवश्यक दुरी थियो । त्यसपछि उनीहरू अर्को दिशामा र म अर्को दिशामा गए । यो घटनाको मलाई सार्वजनिक रूपमा अझै बढी सतर्क बनायो ।"
भारतमा जन्मिएर मध्यपूर्वमा हुर्किएकी हश्विना हाल वातावरण वैज्ञानिकका रूपमा मेलबर्नमा काम गर्छिन् । महामारीका बेला आफू माथि जातिवादको व्यवहार नहोस् भन्नका लागि उनले आफ्नो जीवनयापन मै परिवर्तन ल्याउनुपर्यो । उनी भन्छिन् “चौथो चरणको लकडाउनको बेला ट्र्याम बाट ओर्लँदै थिए एक मानिसले म सँग चर्को स्वरमा बोल्दै उनीहरूका लागि बाटो छाड्न आग्रह गर्यो जब कि उसको र मेरो बिचमा आवश्यक दुरी थियो । त्यसपछि उनीहरू अर्को दिशामा र म अर्को दिशामा गए । यो घटनाको मलाई सार्वजनिक रूपमा अझै बढी सतर्क बनायो । ”
First batch of international students expected to return to Australia in late October. Source: Getty Images
करिब ८५ प्रतिशत प्रवासी युवाहरूले कम्तीमा पनि एक पटक भेदभावको घटना आफू सँग भएको उल्लेख गरेका छन् भने ३२ प्रतिशतले आफू सँग यस्ता घटना कम्तीमा पनि ६ पटक भइसकेको बयान दिएका छन् ।
यो अनुभव बहुसास्कृतिक पृष्ठभूमिबाट आएका युवाहरूले अनुभव गरेको जातीय भेदभावको रर्पोटमा उल्लेख गरिएको एउटा उदाहरणमा मात्र हो ।
करिब ८५ प्रतिशत प्रवासी युवाहरूले कम्तीमा पनि एक पटक भेदभावको घटना आफू सँग भएको उल्लेख गरेका छन् भने ३२ प्रतिशतले आफू सँग यस्ता घटना कम्तीमा पनि ६ पटक भइसकेको बयान दिएका छन् ।
भिक्टोरियामा बहुसास्कृतिक युवाहरूको प्रतिनिधित्व गर्ने संस्थाले लकडाउनको तेस्रो चरणका क्रममा गत जुनमा गरेको सर्वेक्षणमा १६ देखि २५ वर्ष उमेर समूहका ३ सय ७६ युवाहरूका भाग लिएका थिए ।
अनुसन्धानको निष्कर्ष लेखनमा सहभागी अस्ट्रेलियन नेशनल युनिभर्सिटीकी नाओमी प्रिस्ट भन्छिन् कि केही निश्चित आप्रवासीहरू लक्षित जातिवाद विभेदको बढी खतरामा छन् ।
सर्वेक्षण निष्कर्षले जातिभेदको सिकार भए पनि युवाहरू यसबारेमा कुरा गर्न वा यसको बारेमा गुनासो गर्न हिचकिचाउने गरेको देखाउँछ । यस्तो अनुभव गर्ने तिन मध्ये एकले मात्र यसका बारेमा आफ्नो परिवार वा साथी सँग कुरा गर्ने बताए भने भने ५० प्रतिशतले यसलाई बेवास्ता गर्ने बताए । केवल ६ प्रतिशतले मात्र यसको बारेमा गुनासो दर्ता गर्ने गरेको बताएका छन् ।
विमलाराजन भन्छिन् व्यक्तिगत सुरक्षाका डरका कारण जातिभेदको रिपोट गर्न उनी हिच्कीचाईन् ।
व्रिस्वेनमा जन्मिएका चिनिया इटालियन मूलका टिम लो सरडोले दुई वर्ष अघि जातिभेद सँग लड्नका लागि “डेमोक्रेसि इन कलर” नामको सङ्गठन स्थापना गरेका छन् । उनी महामारीका बेला पनि जातीय विभेदका बारेमा खडा हुनु पर्ने कल्पना आफूले नगरेको बताउँछन् ।
बढी रहेको जातीय भेदका कारण आफू अक्टोबर चार देखि श्रृखंलाबद्ध रूपमा भेदभाव सम्बन्धी कार्यशालाहरू गर्न उनी उत्प्रेरित भएको बताउँछन् । उत्त कार्यशालाले जातीय दुर्व्यवहार हुँदा यसका विकल्पहरूका बारेमा व्याख्या गर्छ ।
विमलाराजन अन्तर्राष्ट्रिय विद्यार्थी अस्ट्रेलिया भित्रन साथै यसका विषयमा जानकारी आवश्यक परामर्श दिनु राम्रो हुने बताउँछिन् ।
सर्वेक्षणकी सह लेखक डाक्टर प्राईस्ट प्रवासी युवाहरूलाई यस्ता घटनाको आधिकारिक गुनासो गर्न सजिलो बनाउन कढा खालको संयन्त्रको
आवश्यकता पर्ने बताउँछिन् । जातियबाद विरुद्ध राष्ट्रिय रणनीति आवश्यक भएकोमा उनले जोड दिन्छिन् ।