के तपाईँलाई विश्वकपका खेलहरू यस अघिका भन्दा लामो समय खेलिएको जस्तो लागेको छ?

दर्शकहरूले खेलको भरपुर आनन्द लिन सकुन् भनेर खेलका दौरान हुने 'इन्जुरी' र 'स्टपेज टाइम'को सही गणना गरी अतिरिक्त समय थपिएको छ।

More than 10 minutes stoppage time showing on the clock during a game between England and Iran.

Time wasting and other delays are being countered with extra stoppage time. Source: SBS

मुख्य बुँदा
  • फिफा विश्वकपका खेलहरू यस अघि भन्दा लम्बिएका छन्।
  • इङ्ग्ल्यान्ड र इरानबिचको खेल ११७ मिनेट चलेको थियो।
  • इन्जुरी र अन्य कारणले हुने समयको बर्बादीलाई भरपाई गर्ने कोसिस गरिएको छ।
यस पटकको विश्वकपका दर्शकहरूले खेलको अवधि यस अघि भन्दा केही लम्बिएको अनुभव गरेको हुनुपर्छ।

सामान्यतया फुटबल टुर्नामेन्टमा ४५ मिनेटको फर्स्ट हाफ र ४५ मिनेटको दोस्रो हाफ गरी ९० मिनेटमा खेल सकिन्छ।

तर खेलमा इन्जुरी र स्टपेज टाइम भनिने बेला बेलामा विभिन्न कारणले खेल रोकिने समयलाई भरपाई गर्नका लागि प्रत्येक हाफमा अतिरिक्त समय जोडिने गर्दछ।

तर यस पटकका अधिकांस खेलहरू परम्परागत ९० मिनेट भन्दा लामा लाग्छन्।
A graphic showing the 10 longest matches so far at the 2022 FIFA World Cup
Source: SBS
अहिलेसम्मको खेललाई हेर्ने हो भने स्टपेज टाइम भन्दै तीन घण्टा भन्दा बढी समय विश्वकपका खेलमा दिइसकिएको छ।

यो भनेको दुई वटा खेल बराबरको समय हो।

हाल सम्मकै लामो खेल भने इरान र इङ्ग्ल्यान्डबिचमा भएको खेल हो, ६–२ गोल अन्तरमा इङ्ग्ल्यान्डले जितेको खेल करिब २ घण्टासम्म चलेको थियो।

उक्त खेलमा पहिलो हाफमा १४ मिनेट समय थप गरिएको छ भने दोस्रो हाफमा १३ मिनेटको समय थप हुँदा ११७ मिनेट १६ सेकेन्ड लामो खेल भएको देखिन्छ।
A scoreboard in a stadium. It reads: Additional Time 14'
The stadium scoreboard indicates 14 minutes of added time at the end of the first half in the England v Iran World Cup game. Source: Getty / Martin Rickett/PA Wire
म्याचको लम्बाइका बारेमा फिफा के भन्छ?

गोल गरेपछिको एक छिनको अवरोध होस् या चोटपटकका कारण खेल केही बेर रोकिन सक्ने स्थिति।

भिडियो रेफ्रि, छलफल, खेलाडी परिवर्तन, पेनाल्टी, रातो र पहेँलो कार्ड जस्ता विभिन्न कारणले खेल केही बेर अवरुद्ध हुने गर्दछ।

यसका बारेमा फिफाले दर्शकलाई पनि स्पष्ट पारेको छ।

“गोल गरेपछि खेलमा करिब एक–डेढ मिनेट नै ढिलाइ हुन्छ, र प्रत्येक गोलमा अवरोध हुँदा यो समय पनि लम्बिँदै जान्छ, यसको भरपाई खेलको अन्त्यमा गर्नुपर्छ,” फिफाको रेफ्रिक कमिटीका अध्यक्ष पेरलुगी कोलिनाले भने।
A group of players celebrate a goal.
Mitch Duke (centre) celebrates scoring for Australia against Tunisia in their World Cup match on Saturday. FIFA is directing that the time spent celebrating goals is added to stoppage time. Source: Getty / Robert Cianflone
उनका अनुसार सन् २०१८ रसियामा भएको विश्वकपका दौरान खेलको निर्धारित सक्रिय समयलाई कायम राख्ने प्रयासलाई यस पटक दोब्बर बनाइएको छ।

“रसियामा खेल हुँदा, विभिन्न कारणले गुमेको समयलाई भरपाई गर्नका लागि हामीले ६, ७ वा ८ मिनेटसम्म थपेका थियौ,” विश्वकपका पूर्व रेफ्रि कोलिनाले भने।

“यसरी सोच्न सकिन्छ, जस्तो कि पहिलो हाफमा तीन गोल भयो भने गोलको खुसी मनाउँदै ४, ५ मिनेट गइहाल्छ।”

कोलिनाका अनुसार सटिक रूपमा भन्नुपर्दा स्टपेज टाइमको गणना गर्नुको अर्थ “विश्वकप हेर्नेहरूलाई थप सो प्रस्ताव गर्नु पनि हो,”।

“हामीले हाम्रा रेफ्रिहरुलाई बिचमा गुमेको समय खेलमा फिर्ता गर्नका लागि समयको गणना गर्दा ध्यान दिन निर्देशन दिएका छौ,” उनले भने।

“खेलको सक्रिय समय केवल ४२, ४३, ४४ या ४५ मिनेट मात्रै हुने अवस्थालाई हामीले हटाउने कोसिस गरेका छौ, यो हामीलाई स्वीकार्य पनि छैन,” उनले भने।

Share
Published 8 December 2022 10:39am
Presented by Krishna Pokhrel
Source: SBS


Share this with family and friends