भिक्टोरिया: थप ११ सङ्क्रमित, अन्तर्राष्ट्रिय विद्यार्थीका लागि ४५ लाख डलरको राहत घोषणा

सोमवार भिक्टोरियामा थप ११ जनामा कोरोनाभाइरस सङ्क्रमण भेटिएको पुष्टि हुँदै गर्दा, महामारीका कारण अप्ठेरोमा परेका अन्तर्राष्ट्रिय विद्यार्थी लगायतका लागि राज्य सरकारले ३ करोड डलरको अतिरिक्त राहत प्याकेज घोषणा गरेको छ।

Luke Donnellan MP addresses the media during a press conference in Melbourne, Tuesday, September 22, 2020. Victoria has recorded 28 new cases of coronavirus and three deaths in the past 24 hours. (AAP Image/James Ross) NO ARCHIVING

Luke Donnellan MP addresses the media during a press conference in Melbourne. Source: AAP

आइतबार मध्यरातसम्मको २४ घन्टे गणना अवधिभर भिक्टोरियामा कुल ११ जना थप कोरोनाभाइरस सङ्क्रमित भेटिएका छन्।

मेडस्टोन स्थित आरकेयर वृद्ध स्याहार केन्द्रले आइतबार घोषणा गरेको दुई सङ्क्रमित सहित, भिक्टोरियामा कुल ११ मानिसमा कोभिड सङ्क्रमण सोमवार पुष्टि भएको हो।

भिक्टोरियाली स्वास्थ्य मन्त्री मार्टिन फोलीले सङ्क्रमण पुष्टि भएका सबै जना पहिले सार्वजनिक भइसकेका मामिलाहरूसँग सम्बन्धित रहेको बताएका छन्।

"हामीलाई थाहा छ कि भिक्टोरियालीहरूका लागि यो अवधि कठिन छ," उनले भने।
"आजको आँकडाहरूले हामीलाई केही प्रोत्साहन दिएको छ किनभने यी सबै कुनै न कुनै रूपमा पहिले पुष्टि भइसकेका मामिलाहरूसँग सम्बन्धित छन्।"
योसँगै ह्विट्ट्लसी स्थानीय सरकार क्षेत्रमा हाल फैलिएको कोरोना प्रकोपबाट ३२ जना सङ्क्रमित भएको पनि उनले पुष्टि गरेका छन्।

उता, आरकेयरसँग सम्बन्धित थप नयाँ तीन मामिलाहरू जोडिए पछि, उक्त वृद्ध स्याहार केन्द्रबाट फैलिएको प्रकोपका कारण हालसम्म कुल नौजना सङ्क्रमित भएको पनि, भिक्टोरियाली स्वास्थ्य अधिकारीहरूले सोमवार मेलबर्नमा आयोजित एक पत्रकार सम्मेलनका क्रममा जानकारी दिए।

त्यसै गरी मार्टिन फोलीका अनुसार पश्चिमी मेलबर्नको एक अर्को प्रकोप अन्तर्गत थप तीन बालबालिका र एक वयस्कमा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ।

डेल्टा भेरिएन्टबाट सङ्क्रमित भएका एक परिवारसँग सम्बन्धित यो प्रकोपको चपेटामा, सोमवार पुष्टि भएका ४ जना सहित हालसम्म कुल १४ जनामा सङ्क्रमण देखिसकिएको छ।

खोप लगाउन ठुलो सङ्ख्यामा मानिसहरू उपस्थित

धेरै सङ्ख्यामा भिक्टोरियालीहरू कोभिड-१९ खोपका लागि अगाडी आउने क्रम आइतबार पनि जारी रहेकोमा मन्त्री फोलीले खुसी व्यक्त गरेका छन्।

आइतबार मात्र १७,००० भन्दा बढी भिक्टोरियालीहरूले खोप लगाउन राज्य सरकारद्वारा सञ्चालित क्लिनिकहरू आएको उनले बताए।
People are seen in a line outside the Melbourne Exhibition Centre coronavirus vaccination hub as a 'Free Melbourne' anti-lockdown protest is expected to take place in Melbourne, Saturday, June 5, 2021. (AAP Image/James Ross) NO ARCHIVING
People wait outside the Melbourne Exhibition Centre coronavirus vaccination hub where an anti-lockdown protest is expected to take place. Source: James Ross (AAP)
भिक्टोरियाली स्वास्थ्य मन्त्री भन्छन् कि मौका पाए राज्यवासीहरू सकेसम्म चाँडो कोरोनाभाइरस विरुद्ध खोप लगाउन लालायित छन्।

"अरू राज्यको तुलनामा उनीहरू (खोप लगाउन) अगाडी आइरहेका छन् र हामी राज्यवासीहरूलाई यो मौका उपलब्ध भइरहोस् भनेर काम गरिरहेकाछौं," उनले भने।

तीन करोडको सहायता प्याकेज

पत्रकार सम्मेलनकै क्रममा अर्का भिक्टोरियाली मन्त्री ल्युक डनेलन खाना, आपतकालिन अत्यावश्यक भुक्तानीका लागि भन्दै ३ करोड डलरको सहायता प्याकेज घोषणा गरेका छन्।

सोमवार घोषणा गरिएको मध्ये ४५ लाख डलर आपतकालिन खाद्य राहतका लागि छुट्ट्याइएको पनि अपाङ्गता, वृद्धावस्था र हेरचाह सम्बन्धित मन्त्री डनेलनले बताए।

विशेष गरेर, अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई लक्षित गरिएको उक्त कार्यक्रम सञ्चालन हुने पनि उनको भनाई छ।

"यो सहायता विशेष गरी मोन्यास, लाट्रोब वा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेका क्षेत्रहरूमा फुड ब्याङ्क, स्टुडेन्ट सुपरमार्केटका लागि उपलब्ध हुनेछ," ल्युक डनेलनले भने।
"हामीले स्थापना गरेको रिजनल तथा सहरी फुडहबहरूका लागि पनि अनुदान उपलब्ध हुनेछ।"
यसका लागि स्थानीय क्याफे र रेस्टुरेन्टहरूसँग सहकार्य गरिने पनि डनेलनले बताएका छन्।

उनी भन्छन् कि क्याफे, रेस्टुरेन्टहरूसँग कच्चा पदार्थ हुनसक्छ वा उनीहरूले अति कष्टमा परेका विद्यार्थीहरूलाई खाना खुवाउन सक्छन् र आफूहरूले यस्ता सेवा प्रदायकसँग मिलेर काम गर्नेछन्।

"यसबाट रोजगारीमा सहयोग मात्र पुग्दैन, आवश्यक परेकालाई खाना समेत उपलब्ध हुनेछ," डनेलनले भने।

यसै गरी, १ करोड २० लाख डलर सांस्कृतिक र भाषिक हिसाबले विविध समुदायका लागि, ५० लाख डलर आपतकालिन खाद्य राहतका निमित्त र ७० लाख सूचना सम्प्रेषण, केस म्यानेजमेन्ट र सेवा सहायता चाहिने मानिसहरूलाई सहजै ती प्राप्त हुन् भन्नका लागि विनियोजित गरिएको पनि उनले बताए।



Share
Published 7 June 2021 1:37pm
Updated 7 June 2021 2:00pm


Share this with family and friends