उवर इट्स डेलिभरीका क्रममा सिड्नीमा ज्यान गुमाएका एक व्यक्तिकी विधवाले ८ लाख ३४ हजारको क्षतिपूर्तिको माग गदै मुद्दा दर्ता गराएकी छन् ।
उनको यो मुद्दा अस्ट्रेलियन कानुनमा कोशेढुङगा साबित हुने बताइएको छ ।
इन्डोनेसियामा जन्मिएका ३६ बर्सिया डीडी फ्रेडी गत सेप्टेम्बरमा म्यारिकभिलमा उबर इट्सबाट खाना पुर्याउने क्रममा मारिएका थिए । उनी सँगै यसै किसिमका काममा खटिएका अन्य चार जना पनि सेप्टेम्बर यता सडक दुर्घटनामा मारिइसकेका छन् ।यातायात मजदुर सङ्गठनको तर्फबाट मुद्दा लडिरहेका वकिलले फ्रेडीकी पत्नी र उनका छोराको प्रतिनिधित्व गदै मङलबार राज्यको बिमा संस्थान आई केयर समक्ष दाबी पेस गरेका छन् ।
Uber Eats delivery Source: Eggbank
हाल उबर र अन्य यस्तै कम्पनी मार्फत खाना पुर्याउने काममा खटिएका व्यक्तिलाई "स्वतन्त्र ठेकेदार" भएको भन्दै अन्य कामदार सरी सुविधा प्राप्त नहुने सरकारले बताउँदै आएको छ ।
आईकेयरमा यो मुद्दाको सुनुवाइ नभएमा कामदारहरूको क्षतिपूर्ति आयोग अर्थात् वर्कस कम्पेनसियसन कमिसनमा मुद्दा दर्ता गरिने बताइएको छ ।
यो मुद्दा उबर जस्ता “गिग” इकोनोमी भनिने अन्य व्यक्तिलाई ठेक्का दिएर बिचमा पैसा कमाउने कम्पनीहरूका हकमा गरिएको पहिलो मुद्दा बन्नेछ ।
“हाम्रो श्रम कानुनलाई कुल्चिएर राईडर र उनका परिवारलाई सडकका पुर्याइरहेको उबर जस्ता कम्पनीलाई झकझकाउने नवीनतम प्रयास हो । ” युनियनका राष्ट्रिय सचिव माईकल केनले भने ।
युनियनले फ्रेडीको परिवारले एकमुष्ट ८ लाख ३४ हजार र साप्ताहिक रूपमा उनको सन्तानको रेखदेखका लागि १ सय ४९ डलर प्राप्त गर्नु पर्ने माग राखेको छ ।
यसका अलावा उनको अन्त्येष्टिमा लागेको खर्च पनि बेहोर्दिनुपर्ने माग राखिएको छ ।
उबरले हाल ठेकेदारका मृत्यु भएमा वा अङगभङग भएमा उनीहरूको परिवारका लागि ४ लाख डलर बराबरको निजी बिमा गरिदिने गरेको छ जुन राज्यको कानुनमा लेखिएभन्दा आधा कम हो ।“राईडरहरुले न्यूनतम दर,प्रशिक्षण वा उचित सुरक्षात्मक सामाग्री प्रदान गरिँदैन उनीहरू मारिए वा घाइते भए सहयोगका लागि कम्पनीमा निर्भर गर्दछ” केनले भने ।
An eyewitness captured the scene after the accident involving Uber Eats rider Bijoy Paul. Source: SBS / Rafsan Nissan
हाल यस्ता कम्पनी र सरकारलाई डेलिभरीको काममा संलग्नहरूलाई उचित सुरक्षा सामग्री र तालिम दिनु पर्ने दबाब परिरहेको छ ।
यसैबिच खाना पुर्याउने काममा संलग्नहरूले आफूहरू दबाबमा रहने गरेका एस बि एस सँग बताएका छन् । उनीहरूले कामका क्रममा विभिन्न जोखिम उठाउनु पर्ने पनि बताए ।
गत महिना सेफ वर्क र न्यु साउथ वेल्सको यातायात विभागको समन्वयमा एक टास्क फोर्स खडा गरी खाना डेलिभरीका क्रममा भएका यस्ता दुर्घटना टार्न सकिने घटना भएको नभएको बारेमा अनुसन्धान भइरहेको छ ।