न्यु साउथ वेल्समा हिजो राति आठ बजे सम्म सामुदायिक सङ्क्रमणका तिन नयाँ मामला फेला परेका छन् । यसका अलावा गए राति नै अन्य तिन व्यक्तिमा पनि कोरोना पुष्टि भएको छ ।
उक्त अवधिमा १६ हजार मानिसहरूले कोरोनाको जाँच गराएको अधिकारीहरूले बताए ।
भेटिएका तिनै सङ्क्रमण नदर्न बीचेसको एभेलोन प्रकोप सँग जोडिएको बताइएको छ ।
हाल तिनै सङ्क्रमित आइसोलेसनमा रहेका छन् ।
उता हिजो राति ८ बजे पछि नदर्न बिचेस भन्दा बाहिर अन्य तिन नयाँ सङ्क्रमण भेटिएका छन् ।
भेटिएका सङ्क्रमित मध्ये एक जना वलङगन बासिन्दा रहेको बताइएको छ ।
उक्त सङ्क्रमित व्यक्तिले ग्रेटर सिड्नीको भ्रमण गरेको भए पनि नदर्न बिचेस भने नगएको बताइएको छ ।
अहिले नर्दन बिचेस बाहिर भेटिएका सङ्क्रमणहरूको अनुसन्धान चलिरहेको छ ।
यो पनि पढ्नुहोस ।
सिड्नीको फायरवर्क्स घरबाटै हेर्न आग्रह
हाल सम्म नर्दन बीचेसको प्रकोपमा १ सय २९ जनामा सङ्क्रमण भेटिएको छ ।
तर ग्रेटर सिड्नीमा पनि सङ्क्रमण फेला पर्न थालेपछि ग्रेटर सिड्नीमा पनि नर्दन बीचेसको जत्तिकै जोखिम बढेको प्रिमीयर ग्लेडिज बेरीजीक्लियनले बताइन् ।
“अन्य क्षेत्रमा बस्ने भए पनि लक्षण देखिए कृपया आएर जाँच गराउनुस् ।” उनले भनिन् ।
सङ्क्रमणको सङ्ख्या बढ्न थालेपछि राज्यभर चेतावनी जारी गरिएको उनले बताइन् ।
यो पनि पढ्नुहोस ।
अस्ट्राजेनेकाको खोप सोचे भन्दा निकै प्रभावकारी देखिएको कम्पनीको दाबी
“म राज्य भरका सबैलाई उच्च सतर्क रहन आग्रह गदछु ” उनले भनिन् ।
राज्यकी स्वास्थ्य प्रमुख केरी च्यान्टले पनि सिड्नी बासीहरूलाई जाँच गराउनका लागि अनुरोध गरेकी छन् ।
“नर्दन बीचेस बाहिर फेला परेका तिन नयाँ केसका बारेमा अनुसन्धान गरिरहेका छौ ।” उनले भनिन् ।
नर्दन बीचेसको दक्षिणी क्षेत्रका मानिसहरूले जनवरी तिन देखि प्रतिबन्धमा केही राहत पाउने छन् भने नर्दन बीचेस कै उत्तरी भेगका मानिसहरूले प्रतिबन्ध खुकुलो हुन ९ जनवरी सम्म कुर्नु पर्नेछ ।
यसैबिच न्यु साउथ वेल्स राज्यमा जनवरी देखि हाल सम्म ४० लाख मानिसहरूले कोरोना जाँच गराएको न्यु साउथ वेल्स स्वास्थ्य प्रमुख केरी च्यान्टले जानकारी दिइन् ।
यो पनि पढ्नुहोस ।
अस्ट्रेलियामा कोरोना भाइरसको खोप कहिले आउँछ त?