This article is more than 1 year old
एसबीएस नेपाली तिहार २०२३ देउसी-भैलो भिडियो प्रतियोगिता: पहिलो पुरस्कार ५०० डलर
यस वर्षको तपाईँको तिहारलाई थप विशेष बनाउन एसबीएस नेपालीले ५०० डलर सम्मको 'गिफ्ट कार्ड' जित्ने अवसर दिएको छ। यस प्रतियोगितामा भाग लिन तपाईँले आफूले साथीहरूसँग देउसी वा भैलो खेलेको भिडियो पठाउनु पर्नेछ।
Published 10 November 2023 12:09pm
Updated 14 November 2023 8:25am
Source: SBS
Image: SBS NEPALI TIHAR 2023 VIDEO COMPETITION: This Tihar you could win up to $500 when you send in your Deusi-Bhailo video. (SBS/AAP)
प्रतियोगिताबारे थप विवरण
- तालिका
प्रतियोगिता: एसबीएस नेपाली तिहार सन् २०२३ भिडियो प्रतियोगिता
प्रवर्द्धक: स्पेसल ब्रोडकास्टिङ सर्भिस कर्पोरेसन (एबीएन ९१ ३१४ ३९८ ५७४) (एसबीएस), १४ हबर्ट स्ट्रीट, आर्टमन न्यु साउथ वेल्स २०६४
फोन: १८०० ५०० ७२७
- सहभागिताका सिमितता
१. प्रतियोगिता सबै उमेरका अस्ट्रेलियाका बासिन्दाहरूको लागि मात्र खुल्ला छ।
२. १८ वर्ष भन्दा कम उमेरकारहरूको हकमा अभिभावकले उनीहरूको तर्फबाट भिडियो पठाउनु पर्ने छ।
३. प्रवर्द्धक, पुरस्कार प्रदान गर्ने कम्पनी/हरू वा सम्बन्धित कम्पनीहरूका कर्मचारी तथा उनीहरूका नजिकका आफन्तहरू यस प्रतियोगितामा सहभागी हुन योग्य मानिने छैनन्।
- प्रतियोगिताको अवधि
देखि: राती १२ बजे (अस्ट्रेलियन इस्टर्न डेलाइट टाएम AEDT) १२ नोभेम्बर सन् २०२३
सम्म: राति ११:५९ (AEDT) २० नोभेम्बर सन् २०२३
एक व्यक्तिले एक पटक मात्र 'भिडियो एन्ट्री' गर्न सक्नेछन्।
- कसरी प्रवेश गर्ने
प्रतियोगिताको अवधिभित्र, सहभागीहरूले एसबीएस नेपालीको 'SBS NEPALI' फेसबुक पेजमा राखिएको प्रतियोगिता सम्बन्धी पोस्टको लिङ्कमा गएर प्रतियोगितामा भाग लिने निर्देशनलाई पछ्याउनुहोस्।
१. सहभागीले देउसी भैलोमा आफू पनि सहभागी भएको ३ मिनेट लामोसम्मको अवधी भएको भिडियो पठाउनुपर्नेछ।
२. सहभागीले आफ्नो भिडियोलाई क्लाउड स्टोरेज सेवामा राखेर त्यसको लिङ्क भने मा पठाउन सक्नु हुनेछ। वा भिडियोलाई एसबीएस नेपालीको फेसबुक वा SBS NEPALI इन्स्टाग्राम पेजको इन्बक्समा पनि पठाउन सकिने छ यसको सहज पहुँचका लागि क्रमशः वा लिङ्कमा जानुहोस्।
३. सहभागीले भिडियो पठाउँदा आफ्नो विवरण राख्नु पर्नेछ जसमा कम्तीमा पनि नाम, जन्म मिति, ठेगाना, फोन नम्बर र इमेल ठेगाना लगायतका सहभागीको विवरण पठाउनु पर्नेछ। अभिभावकले १८ वर्षभन्दा कम उमेरका सहभागीका तर्फबाट भिडियो पठाउँदा उक्त सहभागीको विवरणमा आफू र प्रतियोगितामा भाग लिने व्यक्तिको समेत विवरण राख्नु पर्नेछ।
- प्रथम पुरस्कार:
एक जना विजेताले ५०० डलरको एउटा गिफ्ट कार्ड पाउने छन्। - दोस्रो पुरस्कार:
एक जना उप विजेताले ३०० डलर बराबरको एउटा गिफ्ट कार्ड पाउने छन्। - तेस्रो पुरस्कार:
तेस्रो स्थानका लागि दुई सहभागी छनौट हुनेछन् जसमा प्रत्येकले १०० डलरको गिफ्ट कार्ड प्राप्त गर्ने छन्।
पुरस्कारका सर्तहरू
सम्पूर्ण पुरस्कारहरू इमेल वा एसएमएस मा उपलब्ध हुनेछन् र त्यहीँबाट प्रयोग गर्न सकिनेछ।
प्रथम पुरस्कार खुद्रा मूल्य (RRP) ५०० डलर सम्मको हुनेछ ।
प्रथम पुरस्कारको जम्मा मूल्य: ५०० डलर
दोस्रो पुरस्कार खुद्रा मूल्य ३०० डलर सम्मको हुनेछ।
दोस्रो पुरस्कारको जम्मा मूल्य: २०० डलर
तेस्रो पुरस्कार खुद्रा मूल्य १०० डलर (RRP)सम्मको हुनेछ।
तेस्रो पुरस्कारको जम्मा मूल्य: २०० डलर
सम्पूर्ण पुरस्कारहरूको जम्मा मूल्य: १००० डलर
पुरस्कार वितरक: Prezzee Smart eGift Card
विजेता छनौट
प्रथम (१), दोस्रो (१) र तेस्रो (२) गरी जम्मा चार पुरस्कार विजेताहरूलाई मान्य हुने गरी भिडियो एन्ट्री गरिएको आधारमा छानिनेछ।
प्रवर्द्धकद्वारा चुनिएको प्यानलले सम्पूर्ण मान्य भएका भिडियो एन्ट्रीहरू मध्येबाट उत्कृष्ट छान्नेछ। विजेताहरू २५ नोभेम्बर सन् २०२३ मा वा त्यसभन्दा पछाडि छनौट गरिनेछन्। यो छनौट प्रक्रिया अल्फ्रेड डिकन बिल्डिङ, फेडेरेशन स्क्वाएर, मेलबर्न, भिक्टोरिया ३००० वा सिड्नी स्थित एसबीएसको कार्यालय १४ हबर्ट स्ट्रीट, आर्टमन, न्यु साउथ वेल्स २०६४ मा हुनेछ।
पुरस्कार विजेताहरू सम्बन्धी सूचना
विजेता छनौट प्रक्रिया सकिएको एक हप्ताभित्र नै पुरस्कार विजेताहरूलाई इमेल वा फोन मार्फत जानकारी दिइनेछ र यो ३० नोभेम्बर सन् २०२३ (AEDT) वा केही दिन पछाडि हुनेछ।
सम्पूर्ण पुरस्कार विजेताहरूको नाम विजेता छनौट गरिएको सात दिनभित्र एसबीएस नेपालीको वेबसाइट र/अथवा SBS NEPALI फेसबुक पेजमा प्रकाशित गरिनेछ।
सामान्य नियम र सर्तहरू
- प्रतियोगितामा सहभागी हुनुले यी नियम र सर्तहरू स्वीकार्य भएको मानिनेछ। माथि राखिएको प्रतियोगिता सम्बन्धी जानकारी र तालिका पनि प्रतियोगिताका नियम र सर्तहरूको हिस्सा हुन्। सम्बन्धित राज्य अधिकारीहरूको स्वीकृतिको आधारमा, यी नियम र सर्तहरू प्रवर्द्धकले समय-समयमा आफ्नो स्वविवेकले बदल्न सक्छ।
- प्रतियोगितामा सहभागी हुन योग्य भएको निर्णय माथि उल्लेख गरिएको सहभागिताका सीमितताका आधारमा लिइनेछ।
- प्रतियोगितामा प्रवेश गर्न, सहभागीहरूले प्रतियोगिताको अवधिभित्र प्रतियोगितामा प्रवेश गर्ने सम्बन्धी विवरणहरूमा उल्लेखित प्रक्रिया पूरा गर्नु पर्नेछ। प्रतियोगिता अवधि पछि पठाइएका एन्ट्रीहरूलाई मान्यता दिइने छैन।
- सहभागीहरूले प्रतियोगितामा उल्लेखित अधिकतम दर्ता गर्न पाउने सङ्ख्यामा मात्र एन्ट्री गर्न सक्ने छन्। सम्पूर्ण एन्ट्री छुट्टाछुट्टै पेस गर्नुपर्छ र योग्यताका आवश्यकताहरू पूरा भएको हुनु पर्नेछ।
- बुझ्न नसकिने र अपूर्ण एन्ट्रीहरू अमान्य हुनेछन्। अवधि काटेपछि वा ढिलो आएका त्यस्तै हराएका र गलत ठाउँमा पठाइएका एन्ट्रीहरूको लागि कुनै जिम्मेवारी लिइएको छैन।
- प्रवर्द्धकले पुरस्कार दाबी गर्नको लागि पहिचानको प्रमाण, मनोनीत पुरस्कार पठाउने ठेगानामा अस्ट्रेलियामा बसेको प्रमाण र एन्ट्रीको वैधताको प्रमाण पेस गर्न अनुरोध गर्ने अधिकार सुरक्षित राख्छ। योग्यताको प्रमाणलाई स्वीकृति प्रदान गर्ने निर्णय प्रवर्द्धकको स्वविवेकमा निहित हुन्छ। यदि सहभागीले प्रमाण उपलब्ध गराउन नसके उनीहरूको एन्ट्री अमान्य हुनेछ।
- सम्पूर्ण वैध एन्ट्रीहरू तालीकामा उल्लेख गरिएको समय र मितिमा स्वतः विजेता छनौट प्रक्रियामा जानेछन्। जसमा चयन हुने दोस्रो मौका भएमा त्यसबारे पनि उल्लेख गरिने छ।
- प्रवर्द्धकको निर्णय अन्तिम हुनेछ, र कुनै पत्राचार आदानप्रदान गरिनेछैन।
- विजेताहरूलाई तालिकामा रहेको विजेता सूचना विवरणहरू अनुसार सूचित गरिनेछ।
- सबै पुरस्कारहरू तालिकामा चित्रण वा वर्णन गरिए अनुसार छन् र, अन्यथा विशेष उल्लेख नभएसम्म, ट्रान्सफर गर्न योग्य वा विनिमय योग्य हुनेछैन र नगदको रूपमा निकाल्न सकिने छैन। पुरस्कार प्रयोग गर्दा लाग्न सक्ने कुनै पनि अतिरिक्त लागतको लागि प्रवर्द्धक जिम्मेवार हुनेछैन।
- यदि पुरस्कार प्रयोग गर्न निश्चित मिति तोकिएको छ भने विजेताले उल्लेखित मिति/हरूमा पुरस्कार प्रयोग गर्न उपलब्ध हुनुपर्छ। यदि विजेताले उल्लेखित मिति/हरूमा पुरस्कार प्रयोग गर्न नसके प्रवर्द्धकले स्वविवेकले अर्को विजेता निर्धारण गर्न सक्छ।
- प्रवर्द्धकले प्रतियोगितामा प्रवेश गर्न वा पुरस्कारहरू लिने सम्बन्धमा भएको कुनै पनि हानि, क्षति वा चोटको लागि कुनै जिम्मेवारी स्वीकार गर्दैन।
- एक पटक पुरस्कारहरू पुरस्कार वितरकको परिसरबाट बाहिरिए पछि, क्षतिग्रस्त भएमा, ढिलाइ वा ट्रान्जिटमा हराएमा त्यसको लागि कुनै जिम्मेवारी लिइनेछैन।
- पुरस्कार मूल्यहरू मुद्रणको समयमा सिफारिस गरिएका खुद्रा मूल्य (RRP)हरूमा आधारित हुन्छन् (GST सहित)। हाल र अन्तिम पटक पुरस्कार प्रयोग गर्दाको मिति बिचमा पुरस्कार मूल्यमा आउने परिवर्तनको लागि प्रवर्द्धकले कुनै जिम्मेवारी स्वीकार गर्दैन।
- विजेताले पुरस्कारको प्रयोगका सबै सर्तहरू र पुरस्कार वितरकको आवश्यकताहरू पूरा गर्नु यो पुरस्कार स्वीकार गर्ने सर्त हो।
- विजेताले पुरस्कार सम्बन्धी कुनै पनि पक्षमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्मिलित हुँदा नतिजा स्वरूप कुनै पनि हानि, क्षति वा चोट पुगेमा त्यसका लागि प्रवर्द्धक वा पुरस्कार वितरक/हरू वा तिनीहरूसँग सम्बन्धित कम्पनीहरू जिम्मेवार हुनेछैनन्।
- पुरस्कारमा समावेश गरिएको भनी स्पष्ट रूपमा सूचीबद्ध नगरिएका सबै लागतहरूका लागि विजेताहरू जिम्मेवार हुनेछन्, जस अन्तर्गत खाना, मनोरञ्जन, यात्रा र आवास खर्चहरू पर्दछन् भने, आकस्मिक, टिप, सेवा शुल्क, वैकल्पिक अतिरिक्त शुल्क, स्थानान्तरण, पासपोर्ट, भिसा, पुनः प्रवेश अनुमति, नगद खर्च, सामान ढुवानी, अतिरिक्त सामानका लागि तिर्नु पर्ने खर्च, सरकारी कर, प्रस्थान कर, भूमि यातायात कुनै पनि कर दायित्व, एयरपोर्ट शुल्क र अन्य कुनै पनि सम्बन्धित खर्चहरू पनि विजेताले नै व्यहोर्नु पर्नेछ। तालिकामा अन्यथा उल्लेख नभएसम्म, यात्रा बीमा पुरस्कारमा समावेश गरिने छैन र यसका लागि विजेता(हरू) जिम्मेवार हुनेछ। अप्रत्याशित परिस्थितिहरूमा लाग्ने अतिरिक्त लागतहरूबाट जोगाउन यात्रा बीमा लिन सुझाइन्छ।
- पेस गरिएको कुनै एन्ट्रीमा आपत्तिजनक सामग्री भएको प्रवर्द्धकलाई लागेमा त्यस्ता सहभागीलाई अयोग्य ठहराउने अधिकार प्रवर्द्धकसँग सुरक्षित रहेको छ।
- यो प्रतियोगिता कौशलको खेल हो र विजेता निर्धारण गर्दा मौका दिने कुराको कुनै भूमिका हुँदैन। साहित्यिक र रचनात्मक योग्यताको आधारमा प्रत्येक एन्ट्रीलाई व्यक्तिगत रूपमा आङ्कलन गरिनेछ।
- सबै एन्ट्रीहरू सहभागीको मौलिक स्वतन्त्र सिर्जना हुनुपर्छ र तिनीहरूले तेस्रो-पक्षको अधिकारहरू उल्लङ्घन गरेको भन्ने कुनै पनि दाबीबाट मुक्त हुनुपर्दछ। एन्ट्रीहरू पहिले प्रकाशित र/वा कुनै अन्य प्रतियोगिताहरूमा पुरस्कार जित्न प्रयोग गरिएको हुनु हुँदैन।
- यस प्रतियोगितामा पुरस्कार स्वीकार गर्दा उत्पन्न हुन सक्ने कुनै पनि कर सम्बन्धी समस्याहरूका लागि प्रवर्द्धकले कुनै दायित्व लिँदैन। यदि यो चिन्ताको विषय हो भने आफ्नो कर सल्लाहकारसँग परामर्श गर्नुहोस्।
- कानूनद्वारा हटाउनै नसकिने दायित्व बाहेकका सबै दायित्वलाई प्रवर्द्धक (यसका अधिकारी, कर्मचारी र एजेन्टहरू सहित)ले समावेश गर्दैन। चाहे प्रत्यक्ष होस् वा अप्रत्यक्ष, विशेष वा परिणामात्मक, कुनै पनि तरिकामा प्रतिस्पर्धाबाट बाहिर उत्पन्न हुन सक्ने लापरबाहीका साथै कुनै पनि व्यक्तिगत वा स्थायी चोटपटक वा जीवनको हानि भएमा; वा कुनै हानि वा क्षति (अवसरमा हानि सहित)को दायित्व लिँदैन।
- यदि पुरस्कारमा कुनै कार्यक्रम वा यात्राका लागि टिकटहरू समावेश गरिएको छ भने, पुरस्कार विजेतालाई पुरस्कार वा यसको कुनै अंश प्रयोग गर्नबाट रोक्न सक्ने गरि समय वा मितिहरूमा कुनै परिवर्तन भए, रद्द वा नयाँ समय तालिका बन्ने घटनाका लागि प्रवर्द्धक जिम्मेवार हुनेछैन।
- सबै पुरस्कारहरू उपलब्धतामा आधारित छन्। कुनै पनि पुरस्कार वा पुरस्कारको अंश प्रवर्द्धकको नियन्त्रणभन्दा बाहिरका परिस्थितिहरूका कारण उपलब्ध नभएमा, प्रवर्द्धकले राज्य नियमहरूको पालना गर्दै, मूल पुरस्कार जति नै वा बढी मूल्यमा समान पुरस्कार प्रदान गर्ने अधिकार सुरक्षित गर्छ।
- ईश्वरीय कार्यहरू, आतङ्कवाद वा युद्ध (घोषित वा अघोषित), आपतकालीन अवस्था वा प्रकोप वा अन्य प्रवर्द्धक र पुरस्कार वितरकको नियन्त्रण बाहिर रहेका घटनाहरू जसले प्रतियोगितालाई योजना अनुसार चल्नबाट रोक्छ वा पुरस्कार विवरण अनुसार पुरस्कार दिन वा लिनलाई रोक्छ, त्यस्ता घटनाका लागि, कानूनी हदभित्र रहेर, प्रवर्द्धक वा पुरस्कार वितरक वा तिनीहरूसँग सम्बन्धित कम्पनीहरू जिम्मेवार हुने छैनन्। यदि त्यस्ता कार्यहरू वा घटनाहरू हुन्छन् भने, प्रवर्द्धकले राज्य नियमहरूको अधीनमा, प्रतियोगिता रद्द, समाप्त, परिमार्जन वा निलम्बन वा पुरस्कार निलम्बन वा परिमार्जन गर्ने अधिकार सुरक्षित गर्छ।
- प्रवर्द्धक र पुरस्कार वितरक/हरू कुनै त्रुटि, भूल, अवरोध, मेटिने, छुट्ने, खराबी, सञ्चालन वा प्रसारणमा ढिलाइ, सञ्चारमा अवरोध, चोरी, विनाश वा अनाधिकृत पहुँच, वा एन्ट्रीहरूमा परिवर्तनको लागि कुनै जिम्मेवारी लिँदैनन्। र यस्तो अवस्थामा उपलब्ध कुनै पनि काम कारबाही गर्न सक्ने अधिकार सुरक्षित गर्छन्। यदि कुनै कारणले यो प्रतियोगिता योजनाबमोजिम चल्न नसकेमा, छेडछाड, अनाधिकृत हस्तक्षेप, जालसाजी, प्राविधिक विफलता वा प्रवर्द्धकको नियन्त्रण बाहिर रहेका कुनै पनि कारणले भ्रष्ट वा प्रशासनिक सुरक्षालाई असर गर्दै यस प्रतियोगिताको प्रशासनिक सुरक्षा, निष्पक्षता, अखण्डता वा उचित आचरणलाई भ्रष्ट वा असर गर्ने प्रवर्द्धकको नियन्त्रण बाहिरका अन्य कुनै पनि कारणहरू, प्रवर्द्धकले आफ्नो स्वविवेकमा कानूनद्वारा अनुमति दिइएको पूर्ण हदसम्म उपलब्ध हुन सक्ने कुनै पनि कारबाही गर्ने अधिकार सुरक्षित राख्छ। जस अन्तर्गत राज्य नियमहरूको पालना गर्दै प्रवेश प्रक्रियामा छेडछाड गर्ने कुनै पनि व्यक्तिलाई अयोग्य ठहराउने साथै प्रतियोगिता रद्द गर्ने, समाप्त गर्ने, परिमार्जन गर्ने वा निलम्बन गर्ने अधिकार पनि रहेका छन्।
- प्रतियोगिताका लागि भएका सम्पूर्ण एन्ट्रीहरू प्रवर्द्धकको सम्पत्ति बन्छन् र रहन्छन्।
- सहभागीहरूले उनीहरूको पूरा नाम र/वा तिनीहरूका एन्ट्रीहरू प्रवर्द्धकद्वारा सबै मिडियामा प्रयोग भइरहेकोमा सहमति जनाउँछन्। सहभागीहरूले पुरस्कार लिँदा उनीहरूलाई प्रचारात्मक गतिविधिहरूमा भाग लिन आवश्यक हुन सक्छ भन्ने कुरा बुझेका छन् र स्वीकार गर्छन्।
- प्रवर्द्धकले मार्केटिङ, प्रवर्द्धन र प्रचारका लागि सहभागीहरूको नाम र विवरणहरू प्रयोग गर्न सक्छ। साथै प्रवर्द्धकले आफ्ना कन्ट्राक्टर, एजेन्ट, सह-प्रवर्तक र राज्य तथा प्रदेशका गेमिङ डिपार्टमेन्टहरूलाई प्रतियोगिता सञ्चालनमा मद्दत गर्नको लागि तपाईँको व्यक्तिगत जानकारी खुलाउन आवश्यक हुन सक्छ।
- सहभागीहरूको व्यक्तिगत जानकारी सहितका सम्पूर्ण विवरण अस्ट्रेलियन प्राइभेसी प्रिन्सिपल र एसबीएसको प्राइभेसी पोलिसी अनुसार सङ्कलन, प्रयोग, संरक्षण र खुलासा गरिनेछ। कुनै जानकारीमा पहुँच पाउन, अद्यावधिक वा कुनै पनि जानकारी सुधार गर्नका लागि आएका अनुरोधलाई एसबीएस प्राइभेसी अफिसरकहाँ पठाउनु पर्छ। अन्यथा सूचित नगरेसम्म, प्रवर्द्धकले प्रचार र प्रवर्द्धन गर्ने उद्देश्यका लागि सहभागीहरूको एन्ट्रीहरू र विवरणहरू प्रयोग गर्न सक्छ।
- प्रतियोगितामा प्रवेश गर्नको लागि धेरै इमेल अकाउन्टहरू प्रयोग गरेको भेटिएमा सो सहभागीलाई एसबीएसको स्वविवेकमा अयोग्य ठहराउन सकिन्छ।
- सहभागीहरूले यो प्रतियोगिता कुनै पनि हिसाबले फेसबुक, इन्स्टाग्राम वा ट्विटरसँग सम्बन्धित वा प्रायोजित वा समर्थन गरिएको छैन भनेर स्वीकार गर्छन्। यस प्रतियोगितामा प्रवेश गर्नेहरूद्वारा खुलासा गरिएका कुनै पनि जानकारी फेसबुक, इन्स्टाग्राम वा ट्विटरलाई प्रदान गरिएको छैन। यस प्रतियोगिताको सम्बन्धमा कुनै पनि प्रश्न, टिप्पणी वा गुनासोहरू भए फेसबुक, इन्स्टाग्राम वा ट्विटरलाई नभएर प्रवर्द्धकलाई पठाइनु पर्छ।
प्रतियोगिताका शर्त तथा नियमहरू बुझ्न तलको लिङ्कमा जानुहोस्:
SBS Nepali Tihar 2023 Video Competition: Win up to $500
Share