नेपाली समुदायका सदस्यहरूले अस्ट्रेलियामा आफ्नो पारिवारिक कथा जहिले सुरु गरेको भए पनि, परम्परागत पर्व र त्यससँग जोडिएका संस्कारहरू नयाँ देशमा महत्त्वपूर्ण भागका रूपमा रहने प्रधानमन्त्री आल्बनिजीले बताएका छन्।
"दशैँमा सन्तानले आफ्ना बाबु-आमा र हजुरबुवा-हजुरआमाहरूबाट प्राप्त गर्ने आशीर्वादले संस्कृति र परम्परालाई जोगाउँछ," एक विज्ञप्ति मार्फत उनले भने।
Prime Minister Anthony Albanese extends his Dashain greetings to Australia's Nepali community. Credit: PMO
अस्ट्रेलियामा बस्ने नेपाली समुदायले आफ्नो इतिहास, परम्परा र आशीर्वादलाई सबै अस्ट्रेलियनहरूसँग बाँडेका छन्।एन्थोनी आल्बनिजी, प्रधानमन्त्री
दशैँ, असत्य माथि सत्यको विजयका रूपमा मनाइने पर्व भएकाले संसारमा राम्रा कुराहरूको खोजी गर्न र ती कुरा आफू माथि लागु गर्ने एक अवसर भएको पनि उनले बताएका छन्।