“मैले यहाँ काम गर्दा धेरै नौलो कुराहरू जान्ने मौका पाएको छु,” कृष्णले आफ्नो बारे बताउँदै भने।
मेलबर्न राम्रो छ, सफा छ - नेपाल भन्दा व्यवस्थित छ, धेरै कुरामा। हामी भर्खरै जस्तो आएको हुनाले नेपाल त्यति मिस नै त भएको छैन तर विदेश भएकोले केही खल्लो त भइहाल्छ।तर, यहाँको वेदर चाहिँ ठिक लागेन - एकै दिन कहिले एकदमै गर्मी, अनि ह्वात्तै चिसो - साह्रै गाह्रो छ, बिरामी हुने चान्स धेरै!
शङ्कर, अशोक, राजेश र कृष्ण Source: आभास पराजुली
“म जाडोमा आएको, खासै मन परेन - कैलालीको मान्छे भएकाले गर्मी चाहिँ खप्न सक्छु जस्तो लागेको छ,” अशोकले आफ्नो मत जाहेर गरे।
हामी, नेपालमा भए पानी पनि सारेर खाँदैनौ थियौँ, यहाँ भने धेरै कुरा सिक्ने, जान्ने र गर्ने मौका पाइएको छ। दुःख त खासै छैन, त्यस्तै हो, सजिलो हुन्छ भनेर अस्ट्रेलिया आएका थिएनौँ - नेपालमा भन्दा बढी मेहेनत गर्नु परेको चाहिँ हो।
हामी नेपाल मै बसी राखेका भए जिन्दगीका पाठहरू यति छिटो सिक्न सक्दैनौँ कि?
“मेरो त बिहान पाँच बजे उठेर काममा जानुपर्छ, नेपालमा बरु अबेरसम्म सुतिन्थ्यो,” हाँस्दै निकै फुर्तिला देखिएका शंकरले भने।काम पाउन र त्यसमा टिक्न अनि पढाइ गर्दा हल्का तनाव त हुन्छ र यसरी साथीभाइ भेटाउँदै जाँदा भने अर्कै मज्जा हुन्छ।
मेलबर्नका केही नेपाली विद्यार्थी (फाइल फोटो ) Source: आभास पराजुली
अनि, अस्ट्रेलिया महँगो पनि छ, नेपाल छँदा पानी भन्दा सस्तो बियर छ भन्थे, बरु पानी चाहिँ बोतलकै पनि ७५ सेन्टमा पाइयो बियर त महँगो रहेछ।
“पीआर भनेको त्यस्तै हो, हातमा सिप भए जता लागे नि भयो,” एक दिन ठुलो सेफ बन्ने धोको लिएका राजेशले जाँदा-जाँदै भने।
यस शृंखलामा अरू:
फेडेरेसन स्क्वेरका नेपाली