उनको साथ नेपाली क्रिकेट टोलीका दीपेन्द्र सिंह ऐरी तथा पूर्व यु-१९ नेपाली खेलाडी सुभाष प्रधान पनि आएका छन्।
अस्ट्रेलियामा रहँदा खड्का, ऐरी तथा प्रधान मेलबर्न लगायत सिड्नी, ब्रिसबेन तथा एडिलेडमा क्रिकेट क्लिनिकमा भाग लिनुका साथै एउटा मैत्रीपूर्ण खेलमा पनि भाग लिनेछन्।
अस्ट्रेलिया हिँड्नु अघि नेपालमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा खड्काले आफ्नो भ्रमणले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन थप सहयोग हुने बताएको त्यहाँबाट प्रकाशित हुने अङ्ग्रेजी दैनिक ले लेखेको छ।
यसबारे थप जानकारीको लागि हामीले आयोजकसँग सम्पर्क गरेका छौँ।