सात वर्ष अघि शरणार्थीहरूको व्यक्तिगत विवरण सार्वजनिक गरेको आरोपमा अस्ट्रेलियन सरकारलाई क्षतिपूर्ति तिर्न आदेश दिइएको हो ।
सन् २०१४ मा विभागको वेबसाइट मार्फत अध्यागमनको हिरासतमा रहेका ९ हजार भन्दा बढी शरणार्थीहरूको व्यक्तिगत विवरण सार्वजनिक भएको थियो ।
गल्तीले सार्वजनिक भएको भनिएको घटनामा गृह मामला विभागको दोष रहेको भन्दै सूचना आयुक्तले क्षतिपूर्ति भर्न आदेश दिएका हुन् ।
अस्ट्रेलियाको गोपनीयता नियमकको रिर्पोटमा क्रिसमस आईल्याड र मेनल्याण्डमा हिरासतमा रहेका मानिसहरूको व्यक्तिगत विवरणहरू पहिचान हुने गरी भेट्टाएको बताइएको छ ।
कमिस्नर एन्जीलिन फाल्कले व्यक्तिगत आधारमा क्षतिपूर्ति रकमको निर्धारण गरिने बताइन् ।
“यो पहिलो प्रतिनिधि घटना हो,जहाँ व्यक्तिगत विवरण उल्ंलघनको घटनामा प्रभावितहरूलाई क्षतिपूर्ति दिइने भएको छ । ”
“यो मान्यता छ कि गोपनीयता गुमाउने व्यक्तिलाई अवस्था हेरीकन नोक्सान वा हानी पुर्याउन सक्छ ” उनले भनिन् ।