फेसबुकमा खोप बारे अफवाह फैलाउने माथि सङ्घीय प्रहरीद्वारा कारबाही हुन सक्ने

सामाजिक सञ्जाल मार्फत कोरोनाभाइरस सम्बन्धी नक्कली सिद्धान्तहरू लगायत निराधार जानकारी फैलाए सङ्घीय प्रहरीले कारबाही गर्न सक्ने चेतावनी दिइएको छ।

A Covid-19 vaccinator prepares to administers the Oxford/AstraZeneca Covid-19 vaccine to a member of public in London. (Photo by Dinendra Haria / SOPA Images/Sipa USA)

Source: Sipa USA Dinendra Haria/SOPA Images/Sip

थेराप्युटिक गुड्स एड्मिनिस्ट्रेसन (टीजीए)ले सङ्घीय आपराधिक नियमावली ऐनको हवाला दिँदै, गलत जानकारी फैलाउने सामाग्रीहरू रिपोर्ट गर्न सकिने बताएको हो।

टीजीएले अस्ट्रेलियामा औषधि तथा औषधिजन्य सामाग्रीहरूको नियमन गर्ने टीजीएले एक विज्ञप्ति जारी गर्दै, सरकारी स्रोतहरूलाई आधार बनाएर झुटा तथा गलत सूचनाहरू प्रवर्द्धन गर्ने कार्य विशेष रूपमा चिन्ताजनक रहेको बताएको छ।

उक्त संस्थाका अनुसार त्यस प्रकारका गैर-जीम्मेवारपूर्ण कार्यहरू आपराधिक गतिविधिका रूपमा वर्गीकृत हुनसक्छ र प्रमाणित भएमा दुई वर्षसम्मको जेल सजाय भोग्नुपर्ने हुन सक्छ।

"यस्ता गलत सूचनाहरू, विशेषतः कोभिड-१९ जस्तो महामारीका बेला, अस्ट्रेलियालीहरूका लागि अस्वीकार्य खतरा प्रस्तुत गर्छ," नियामक संस्था भन्छ।

भ्रामक पोस्टहरूको चुनौति

केही समय अघि मात्रै लेबरका सङ्घीय सांसद जुलियन हिलद्वारा फेसबुकमा पोस्ट गरिएको एक सामाग्रीमा विभिन्न टिप्पणीहरू आए।

ती मध्ये एक टिप्पणीकर्ताले चाहिँ टीजीएको खोप सम्बन्धी साप्ताहिक रिपोर्ट उद्धृत गर्दै हालसम्म कोभिड-१९ खोपका कारण २१० जनाको मृत्यु भइसकेको भनेर गलत रूपमा दाबी गरेका थिए।
तर, टीजीएको उक्त रिपोर्टमा भने एउटा अपवाद बाहेक अस्ट्रेलियामा कोभिड-१९ का खोपहरूका कारण कसैको पनि मृत्यु नभएको उल्लेख थियो।

जुलियन हिल भन्छन् कि महिनौँसम्म मानिसहरूलाई कोरोनाभाइरस विरुद्धको खोप लगाउन प्रोत्साहन गर्ने सन्देशहरू आफ्नो फेसबुक पेजमा हालेपछि, आफैँले कोभिड-१९ खोपको पहिलो मात्रा लगाउन लागेको फोटोमा आएका टिप्पणीहरूले उनलाई आश्चर्यचकित पारिदिएको छ।

"पच्चीस हजारभन्दा बढी कमेन्टहरू गरिएका छन् जसमध्ये थुप्रै निकै चिन्तायोग्य छन् भने कति त अति भयानक र बौलट्टी किसिमका छन्," उनले भने।
"यी मध्ये धेरै त सङ्घीय सरकारको लोगो हालेर आधिकारिक जानकारी भएको नौटङ्की हुन्।"
सामाजिक सञ्जाल अनुगमन गर्न प्रयोग हुने क्राउडट्याङ्गलको प्रयोग गरेर फेसबुक डाटाको विश्लेषण गर्दा हिलद्वारा पोस्ट गरिएको उनले खोप लगाइराखेको फोटो २९ मेमा कुनै पनि अस्ट्रेलियाली राजनीतिज्ञहरू मध्ये सबैभन्दा बढी अन्तर्क्रिया गरिएको पाइएको थियो।
अस्ट्रेलियालीहरूलाई सही सूचना भरपर्दो स्रोतहरूबाट प्राप्त होस् भन्ने कुरा निश्चित गरिनुपर्ने पनि उनले बताएका छन्।

"चाहे स्वास्थ्य विभाग होस् वा उनीहरूका डाक्टर, मानिसहरूले ठिक जानकारी पाउनै पर्छ," जुलियन हिल स्पष्ट पार्छन्।

विशेष गरेर सतर्क रहेर आफ्नो लागि सही काम गर्न खोज्ने मानिसहरू यस्ता झुटा जानकारीका सिकार हुनसक्ने बारे पनि उनले चिन्ता व्यक्त गर्दै सङ्घीय स्वास्थ्य मन्त्री ग्रेग हन्टलाई एक पत्र मार्फत सरकारले तत्काल एक सक्रिय सूचना अभियान सञ्चालन सुरु गरेर खोप बारे गलत तथा हिचकिचाहट उत्पन्न गर्ने कामको प्रत्युत्तर दिइनुपर्ने माग अघि सारेका छन्।

"सरकारले जुलाई तिर यस्ता सन्देशहरू सम्प्रेषण गरिने भनेको छ - जुन निकै ढिलो हुनेछ," लेबरका नेताले भने।
"सरकार प्रभावकारी भएन भने त्यसले षडयन्त्रको सन्त्रास फैलाउन मद्दत पुग्छ।"
फेसबुक के भन्छ त?

फेसबुकले पनि यसबारेमा आफूहरू सक्रिय भएर लागि परेको बताएको छ।

उक्त सामाजिक सञ्जाल सेवा प्रदायकका एक प्रवक्ता भन्छन् कि स्वास्थ्य तथा सरकारी निकायहरूका निमित्त फेसबुक आधिकारिक सूचना पुर्‍याउने एक महत्त्वपूर्ण माध्यम हो।

"हालसम्म हामीले ६२ लाख अस्ट्रेलियालीहरूलाई हाम्रो कोभिड जानकारी केन्द्र तर्फ निर्देशित गरिसकेका छौँ," ती प्रवक्ताले भने।

"खोप सम्बन्धी गलत सूचना बारे हाम्रो सोच स्पष्ट छ - खोपको सुरक्षा, प्रभावकारिता, त्यसको निर्माणमा प्रयोग भएका सामाग्री वा खोप लगाएर हुनसक्ने नकारात्मक प्रभावहरू बारे झुटो जानकारी हामी हटाउँछौँ।"

Share
Published 3 June 2021 6:52pm
By Biwa Kwan


Share this with family and friends