- ओमिक्रोन भेरीएन्टलाई लिएर स्वास्थ्य अधिकारीहरूको सल्लाह बमोजिम अस्ट्रेलियाले आफ्नो
- ओमिक्रोनको जोखिम भएको क्षेत्रहरूबाट आएका ५४ जना यात्रुहरूलाई १४ दिन क्वारेन्टिनमा राख्न लागिएको छ।
- सङ्घीय मन्त्री ग्रेग हन्टले प्रधानमन्त्रीलाई यस अवस्था बारे जानकारी गराइएको र अहिलेसम्म लागू गरिएका मापदण्डहरू सन्तोषजनक रहेको बताएका छन्।
- सिड्नीमा आएका दुई अन्तर्राष्ट्रिय यात्रुहरूलाई ओमिक्रोन रहे नरहेको बारे जाँच गरिँदै छ।
- दक्षिणी अफ्रिकी राष्ट्रहरू बाट , र मा आएका यात्रुहरूले खोप लगाएकै भए पनि अनिवार्य रूपमा १४ दिन क्वारेन्टिनमा बस्नु पर्नेछ।
- सम्पूर्ण अन्तर्राष्ट्रिय आगन्तुकहरू जो उच्च जोखिमयुक्त क्षेत्रबाट आएका छन् उनीहरूले १४ दिनको क्वारेन्टिनमा बस्नु पर्ने बाध्यकारी व्यवस्था ल्याएको छ।
- विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रोन भेरिएन्टको जोखिमका बिच सबैलाई संयम रहन आग्रह गरेको छ।
- संयुक्त अधिराज्य, जर्मनी र इटालीमा पहिलो ओमिक्रोन भेरिएन्ट पाइएको छ।
कोभिड-१९ तथ्याङ्क
- भिक्टोरियामा १,०६१ सङ्क्रमण र ४ जनाको मृत्यु दर्ता गरिएको छ।
- न्यु साउथ वेल्समा थप १८५ नयाँ सङ्क्रमण भेटिएको छ।
- एसीटीमा ७ जना कोरोनाभाइरस सङ्क्रमित थपिए ।
प्रत्येक राज्य र टेरिटरी अनुसार क्वारेन्टिन नियम र प्रतिबन्धहरू
यात्रा
अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे विभिन्न भाषामा अद्यावधिक जानकारी मार्फत प्राप्त गर्न सक्नुहुन्छ।
महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी
भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।
यस बारे अस्ट्रेलिया सरकारको वेबसाइटमा थप जानकारी र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।
- कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा ।
- तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: , , , , , , , ।
- नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे ।