भिक्टोरियाली एवं न्यु साउथ वेल्सका राज्य सरकारहरूले कोभिड-१९ परीक्षणको दायरा बढाउँदै प्रासङ्गिक लक्षणहरू देखा परेका मानिसहरूदेखि ज्वरो वा श्वासप्रश्वास सम्बन्धी कडा लक्षणहरू भएका व्यक्तिहरूसम्मकाले सजिलोसँग जाँच गर्न चाँजोपाँजो मिलाइएको बताएका छन्।
अहिलेसम्म राज्यका स्वास्थ्य अधिकारीहरूको ध्यान विदेशबाट फर्किएका मानिसहरूमा रहेको बताउँदै, भिक्टोरियाली स्वास्थ्य मन्त्री जेन्नी मिकाकोसले मङ्गलवारदेखि भने कोभिड-१९ परीक्षण मापदण्डको दायरा फराकिलो बनाइएको बताएकी हुन् भने न्यु साउथ वेल्सको स्वास्थ्य विभागले पनि सिड्नीका केही क्षेत्र विशेषहरूमा मानिसहरूले कोरोनाभाइरसको लक्षण देखा परे सजिलै परीक्षण गर्न मिल्ने बताएको हो।
यसै सिलसिलामा, निम्न लिखित भिक्टोरियाली अस्पतालहरूमा परीक्षण केन्द्रहरू स्थापना गरिएको छ जुन मध्ये कुनै एकमा तपाईंले फोन नै नगरीकन आफ्नो लक्षण जँचाउन उपस्थित हुन सक्नुहुनेछ (जिलंग बाहेक):
- अल्फ्रेड अस्पताल
- अस्टिन अस्पताल
- बक्स हिल अस्पताल
- केसी अस्पताल
- ड्यानडेनङ्ग अस्पताल
- फ्र्यांक्सटन् अस्पताल
- मोनाश मेडिकल सेन्टर, क्लेटन
- नर्दन अस्पताल
- रोयल चिल्ड्रेन्स बाल अस्पताल
- रोयल मेलबर्न अस्पताल
- सेन्ट भिन्सेन्ट्स् अस्पताल
- सनशाइन अस्पताल
- बालाराट बेस अस्पताल
- बार्वन हेल्थ उत्तरी जिलंग*
- बार्वन हेल्थ विश्वविद्यालय अस्पताल जीलंग*
- बेण्डिगो अस्पताल
- मेल्टन जेरिवाराह स्वास्थ्य सेवा
- अल्बरी वडंगा
* उपस्थित हुनु अघि ०३-४२१५-४४४५ फोन गर्नुहोला।
न्यु साउथ वेल्सको हकमा भने निम्न लिखित स्थानहरूमा कोभिड-१९ का थप परीक्षणहरू सञ्चालन गरिएका छन्:
- पेनरिथ
- इनर वेस्ट
- लिभरपूल
- र्यान्डविक
- वेभर्ली
- वूलाहरा
- ब्लाकटाउन
- कम्बर्ल्याण्ड
- वेस्टमीड
- राइड
- म्यान्निङ्ग
- लेक मक्वारी
माथि उल्लेखित कुनै पनि स्थानमा तपाईँ बसोबास वा काममा जानुहुन्छ वा कुनै कारणवश क्रियाशील हुनुहुन्थ्यो र तपाईँलाई ज्वरो आएको, खोकी लागेको , घाँटी दुखेको वा स्वाँ-स्वाँ भइरहेको छ भने आफ्नो जीपी वा हेल्थडाइरेक्टलाई १८०० ०२२ २२२ मा फोन गर्नुहोस्।
Coronavirus explained in Nepali
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि जानुहोस्।Source: SBS Nepali