मुख्य बुँदाहरू:
- इन्डिजिनियस भोइस टु पार्लियामेन्ट जनमत सङ्ग्रहमा ‘येस‘ पक्ष हारेको छ।
- छ वटा राज्य र नर्दर्न टेरिट्रीले ‘नो’ पक्षमा भोट गरे, भने केवल एसीटीले मात्र ‘येस’ पक्षलाई भोट गर्यो।
- प्रधानमन्त्री एन्थोनी आल्बनिजीले अस्ट्रेलियनहरूलाई एकजुट रहन आग्रह गरेका छन्।
आदिवासीहरूको आवाजलाई संसद्मा समावेश गर्ने एक संविधान परिवर्तनको प्रस्तावलाई अस्ट्रेलियन मतदाताहरूले अस्वीकार गरेका छन्।
शनिवार, १४ अक्टोबरमा भएको ऐतिहासिक जनमत सङ्ग्रहमा सबै छ वटा राज्य र नर्दर्न टेरिट्रीमा ‘नो’ पक्ष बहुमतमा परेको थियो
योसँगै समग्र राष्ट्रिय मतगणनामा पनि ‘नो’ पक्षले अग्रता लिएको छ।
‘येस’ पक्षमा भोट रेकर्ड गर्ने एसीटी देशको एक मात्र अधिकार क्षेत्र भएको छ।
नतिजाबाट निराश बनेका प्रधानमन्त्री एन्थोनी आल्बनिजीले देशवासीलाई आग्रह गर्दै भने कि जनमत सङ्ग्रहको परिणामले “हामीलाई परिभाषित गर्दैन, र यसले हामीमा विभाजन ल्याउँदैन।”
“अब हामी सबै एकै जुट भएर मेलमिलापको बाटोमा कसरी अगाडी बढ्ने भन्ने कुरा हामी आफैँमा निर्भर छ।”
Australian Prime Minister Anthony Albanese delivers a statement on the outcome of the Voice Referendum at Parliament House.
“प्रस्ताव र प्रक्रिया अस्ट्रेलियनहरूलाई एकताबद्ध गर्ने किसिमले बनेको हुनुपर्थ्यो, हामीलाई विभाजित गर्ने किसिमले होइन,” उनले भने।
Opposition Leader Peter Dutton and Shadow Minister for Indigenous Australians Senator Jacinta Price address the media following the referendum. Source: AAP / JONO SEARLE/AAPIMAGE
आदिवासी अस्ट्रेलियन मन्त्री र येस पक्षकी एक प्रमुख अभियन्ता लिन्डा बर्नीले मतदानपछि आदिवासी नेताहरूको नयाँ पुस्ता देखा पर्नेमा आफू विश्वस्त रहेको बताइन्।
सुन्नुहोस्: ‘हुन्न’ भन्दै सकियो इन्डिजिनियस भोइस टु पार्लियामेन्ट जनमत सङ्ग्रह
अस्ट्रेलियामा २४ वर्षपछि पहिलो पटक आयोजना भएको जनमत सङ्ग्रहमा ठुलो मतान्तरले ‘नो’ पक्षको जित भएको छ। आदिवासीहरूको आवाजलाई संसद्मा समावेश गर्ने एक संविधान परिवर्तनको प्रस्तावलाई अस्ट्रेलियन मतदाताहरूले अस्वीकार गरेका हुन्।
04:30
‘नो’ पक्षका प्रबुद्ध अभियानकर्ता न्युङगाई वारेन मन्डिनका अनुसार जनमत सङ्ग्रहको नतिजाले अस्ट्रेलियनहरू आदिवासी समुदायले सामना गर्नुपरिरहेका समस्याहरू समाधान गर्न कदम चाल्न बढी इच्छित देखाएको बताउँछन्।
“मानिसहरूले केही आदिवासी समुदायहरूमा हुने हिंसा, दुर्व्यवहार, जबरजस्ती नियन्त्रण र विनाशकारी व्यवहारहरू बारे आँखा चिम्लिन बन्द गर्नुपर्छ,” उनले भने।
एनआइटिभी मार्फत अस्ट्रेलियाका प्रथम बासिन्दाका परिप्रेक्ष्यहरू सहित सम्पूर्ण एसबीएस नेटवर्कबाट २०२३ ‘इन्डिजिनियस भोइस टु पार्लियामेन्ट’ जनमत सङ्ग्रह बारे सुसूचित रहनुहोस्।
नेपाली सहित ६० भन्दा बढी भाषाहरूमा लेख, भिडियो र पोडकास्टहरू पाउन जानुहोस्, वा ताजा समाचार र विश्लेषण, वृत्तचित्र र मनोरञ्जनात्मक सामाग्रीहरू नि:शुल्क स्ट्रिम गर्नुहोस्।